News Portal

काठमाडौं बाहिर जानकाे लागि दुई दिन  खुला गर्न

हिमाली संचार संवाददाता
५०३ पटक
काठमाडौं – सरकारले शुक्रबार र शनिबार दुई दिन  बाहिर जाने गाडी खुलाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो।

समितिका सदस्य तथा भौतिक मन्त्री वसन्त नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्‍न बाध्य सर्वसाधारणलाई घरसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने गाडी खुलाउने निर्णय भएको बताए।

उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्। सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मदजुर र अन्य सर्वसाधरण बिलखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको हो।

लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्‍न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै घर फिरिरहेका छन्।

यस्तोमा सरकारले उपत्यका छाड्न चहानेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको हो। सरकारले लकडाउनलाई वैशाख ३ सम्म निरन्तरता दिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म रोकिएको छ।

यस्तोमा आन्तरिक हवाई उडान र सडक यातायात खोल्ने मितिबारे सरकार अझै अनिर्णित छ। भारतमा कोरोनाले महामारीको रुप लिइरहेको अवस्थामा सरकार पर्ख र हेरको रणनीतिमा बसिरहेको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...