News Portal

काेरोना प्रकोप अमेरिकामा एकैदिन १९२२ को मृत्यु, ३३ हजारभन्दा बढी संक्रमित

हिमाली संचार संवाददाता
३९७ पटक
वासिङ्टन — अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण लगातार बढिरहेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार मात्रै थप ३३ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै बुधबार एक हजार ९ सय २२ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु बुधबार भएको हो । यसअघि मंगलबार अमेरिकामा कोरोना संक्रमणबाट करिब एक हजार ८ सयको मृत्यु भएको थियो ।

बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ८ सय १७ पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या ४ लाख ३२ हजार पुगेको छ । अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ भने सबैभन्दा बढी न्युयोर्क प्रभावित भएको छ । अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

त्यस्तै बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट इटालीमा १७ हजार ६ सय ६९, स्पेनमा १४ हजार ७ सय ९२, बेलायतमा ७ हजार १ सय ११, फ्रान्समा १० हजार ८ सय ८७, जर्मनीमा दुई हजार ३ सय ४९, इरानमा ३ हजार ९ सय ३३ र चीनमा ३ हजार ३ सय ३९ को मृत्यु भएको छ।

बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ हजार ५ सयभन्दा बढी छ। त्यस्तै १४ लाख ८४ हजारभन्दा बढी संक्रमित हुँदा करिब ३ लाख २९ हजार निको भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...