News Portal

कर्णालीमा टन्न फल्यो स्याउ

७०१ पटक

कर्णाली – चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिनुभयो । तीन हजार ४०० हेक्टरमा स्याउ लगाइएको थियो ।प्रतिकिलो रु ४० मा स्याउ बिक्री भएको उहाँले बताउनुभयो ।

चन्दननाथ कृषि विकास शाखाका प्राविधिक सहायक धर्मराज आचार्यले प्रतिव्यक्तिले तीनदेखि १० मेट्रिक टनसम्म स्याउ बिक्री गरेको बताउनुभयो । अहिलेसम्म झण्डै ५०० क्विन्टल स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ल्याइएको छ । व्यापारीलाई ढुवानी अनुदानअन्तर्गत १० देखि १५ किलोका दुई हजार ५०० कार्टुन बाँडिएको आचार्यले बताउनुभयो । कृषकले सामान्यतः बजारमा प्रतिकिलो रु ५० मा स्याउ बिक्री गरेको जुम्ला उद्योग बाणिज्य सङघका अध्यक्ष रामदत्त रावलले बताउनुभयो ।

जुम्लाका किसान स्याउ टिप्न थालेका छन् । बगैचाबाट स्याउ टिप्ने, एकै ठाउँमा भण्डारण गर्ने, ग्रेडिङ, प्याकेजिङ्सहित कार्टुन तयारी गर्न उनीहरुलाई भ्याईनभ्याई छ । व्यापारी स्याउ किन्न बगैँचामा नै पुग्न थालेपछि पछि किसानलाई बिक्री गर्न समस्या छैन । स्याउ बोकेर बजार लैजाने झञ्जट हटेको छ । बगैँचामा प्रतिकिलो रु ५५ देखि रु ६० सम्ममा स्याउ बिक्री गर्दै आएको तिला गाउँपालिका–३, लुम्सेराका मनकोइला हमालले बताउनुभयो ।(रासस)

प्रतिकृया दिनुहोस्

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...