News Portal

जिल्ला सहकारी संघ मोरङले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

रबिन्द्र बराल
३५९ पटक
चैत्र २६ बुधबार

मोरङ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ । प्रदेश नम्बर एक सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारीले मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ।

मोरङस्थित संघमा आवद्ध सदस्यहरूबाट रकम संकलन गरी संघले उक्त रकम हस्तान्तरण गरेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले बताए। यस्तो महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई जहिले पनि सहयोग र साथ रहेको र हरेक दुख कष्टमा आफ्नो संस्थाले सधैं सहयोग गर्न तयार रहेको बताए।

प्रदेश जनसुरक्षा कोषमा जम्मा गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार, रारा बचत सहकारीले १ लाख १ हजार, बरगाछी बहुउद्देश्यीय सहकारीले ५१ हजार, तुलसी बहुउद्देश्यीय सहकारीले ५० हजार, मेगा बचत तथा ऋण सहकारीले २५ हजार १ सय ११, न्यू लाइफबचत तथा ऋण सहकारीले २५ हजार त्यसैगरी सद्भाव बचत तथा ऋण सहकारी संस्था, सुगम बचत तथा ऋण सहकारी संस्था, महर्षीमही कृषि सहकारी संस्था, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायत ४१ वटा सहकारीले संघमार्फत सहयोग गरेका हुन्

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...