News Portal

जिल्ला सहकारी संघ मोरङले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

रबिन्द्र बराल
३३५ पटक
चैत्र २६ बुधबार

मोरङ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ । प्रदेश नम्बर एक सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारीले मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ।

मोरङस्थित संघमा आवद्ध सदस्यहरूबाट रकम संकलन गरी संघले उक्त रकम हस्तान्तरण गरेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले बताए। यस्तो महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई जहिले पनि सहयोग र साथ रहेको र हरेक दुख कष्टमा आफ्नो संस्थाले सधैं सहयोग गर्न तयार रहेको बताए।

प्रदेश जनसुरक्षा कोषमा जम्मा गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार, रारा बचत सहकारीले १ लाख १ हजार, बरगाछी बहुउद्देश्यीय सहकारीले ५१ हजार, तुलसी बहुउद्देश्यीय सहकारीले ५० हजार, मेगा बचत तथा ऋण सहकारीले २५ हजार १ सय ११, न्यू लाइफबचत तथा ऋण सहकारीले २५ हजार त्यसैगरी सद्भाव बचत तथा ऋण सहकारी संस्था, सुगम बचत तथा ऋण सहकारी संस्था, महर्षीमही कृषि सहकारी संस्था, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायत ४१ वटा सहकारीले संघमार्फत सहयोग गरेका हुन्

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...