News Portal

सिमाबर्ति क्षेत्रमा अस्थायी क्याम्प स्थापना

रबिन्द्र बराल
४३५ पटक
चैत २५,२०७६ मंगलबार

मोरङ – लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा ससस्त्र प्रहरीकाे अस्थायी क्याप स्थापना गरेको छ। सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ। लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा लुकिछिपि नेपाल तर्फ नेपालीहरु आउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि सिमामा ससस्त्र प्रहरी थप केन्द्रित गरिएको छ।

चैत्र ११ देखि लागू गरिएको लकडाउनको पालना र सीमा हुँदै आवतजावत रोक्न थप फौज परिचालन गरिएको माेरङका प्रहरी प्रमुख नेत्रबहादुर कार्कीले बताए ।

भारतमा रोजगारी गरिरहेका नेपालीलाई समेत सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल प्रवेश गर्न नदिन र सीमामा कडाइ गर्न निर्देशन आएपछि थप फौजलाई परिचालन गरिएको उनले बताए।

कोरोनाविरुद्धको प्रतिकार्य योजना लागू र लकडाउन कार्यान्वयन गर्न सरकारले सीमा क्षेत्र लक्षित गरेर तैनाथी बढाएकाे र अहिले १ सय ५० जना ससस्त्र प्रहरीलाई नेपाल–भारत सीमामा खटाइएको हाे। खटाइएका थप जनशक्ति पहाडी जिल्ला र माेरङ र सुनसरीका गण र बेशक्याप बाट ससस्त्र प्रहरी ल्याएकाे कार्कीले बताए।

भारतीय सीमा जोडिएकाेे बिराटनगरकाे केशलिया देखि माेरङकाे रतुवामाई नगरपालिकाकाे बल्डङ्गा सम्म मा ३६ स्थानमा अस्थायी रुपमा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको छ।

अधिकांश बीओपीमा २५ जनाले मात्रै सुरक्षा दिदै अाएकाे मा अहिले सिमा सुरक्षकाे लागि जनशक्ति थप गरिएको छ। थपिएका जनशक्तिलाई अस्थायी युनिट खडा गरेर सीमाबाट मानिस आवतजावत हुन नदिन माेरङकाे धनपालथान अन्तर्गत तरिगमा, डुमरीया, खैरवना, पाेखरी डिल, हनुमान मंन्दिर, भलुवा नयाँ टाेल, आपगाछि, मायाँगञ्ज गरि ७ स्थान, रंगेली नगरपालिकामा ३ स्थान, रतुवामाई र सुनवर्सि नाकामा सिक्टि बाेडर, साेनापुर, बल्डङ्गा, कुटुमगञ्ज, डाेरिया, थालगाछि गरि १६ स्थानमा २४ घन्टा अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको कार्कीले बताए।

विदेशबाट आएर परिवारका सदस्यलाई कोरोना संक्रमण सारेको भेटिएपछि नाकाबाट मानिस भित्रिन नदिन थप सतर्कता अपनाइएको हाे। भारतले समेत सिमा सुरक्षामा बाक्लाे उपस्थितिमा एसएसपी समेत खटाएर आवतजावतमा थप कडाई गरेको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...