News Portal

  • सिम्ता गाउँपालिकाका प्रशासकीय अधिकृत थप विवादमा, पत्रकारविरुद्ध चन्द र शाहीलाई प्रयोग

    हिमाली संचार संवाददाता
    ६३३ पटक
    चैत २५, २०७६ मंगलवार

    सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनक बहादुर हमाल सामाजिक संजालमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन्।

    देश बिदेशबाट आएका र कोरोनाको शंका गरिएका ब्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा नबसे उसका लागि नेपाल सरकारले एक गोली खर्च गर्नुपर्ने भने भन्दै फेसबुकमा विवादास्पद अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका हुन्।

    कार्यकारी अधिकृत हमालले शनिबार आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए, “देश बिदेशबाट आएका ब्यक्तिहरु, कोरोनाको शंका गरिएका ब्यक्तिहरु अनिवार्य रूपमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा बस्नै पर्ने ब्यबस्था लागु गर्नुपर्‍यो।

    यदि कसैले मान्दैन भने नेपाल सरकारले उसको लागि एक गोली खर्च गर्नुपर्ने भो। किनकी उसको कारण धेरै मानिसहरूले ज्यान गुमाउने छन् र ठुलो जनधनको क्षति हुनसक्ने सम्भावना पनि बढ्नेछ।”

    सरकारको प्रतिनिधिका हैसियतमा रहेका जिम्मेवार सरकारी अधिकृतले बिदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नुको सट्टा गोली हान्न सुझाएको भन्दै अहिले उनको चर्को आलोचना भइरहेको छ।

    नाम नलेख्ने सर्तमा हामीसंग कुरा गर्दै सिम्ताका एक स्थानीयले भने, “यस्ता अधिकृतलाई नेपाल सरकारले सरकारी सेवाबाटै बर्खास्त गर्नुपर्छ।” तर सरकारका अधिकृतस्तरका प्रतिनिधिले जथाभावी बोल्न नहुने धेरैको सुझाव छ।

    उनले फेसबुकमा लेखेको स्टाटस भने अहिले हटाएर माफीसमेत मागिसकेका छन्। प्रमूख प्रशासकीय अधिकृत हमालले गल्ती स्वीकार गरेर माफी मागे पनि गाउँपालिकाका सूचना अधिकारी प्रकाश चन्द र कर्मचारी चन्द्र बहादुर शाही भने फेसबुकमा विवादास्पद अभिव्यक्ति दिँदै पत्रकारलाई “पत्रुकार” भन्दै तथानाम लेखिरहेका छन्।

    नेपाल सरकारकै जिम्मेवार अधिकृतले कोरोना शंका गरिएका र क्वारेन्टाइनमा बस्न नमान्ने नागरिकलाई गोली हान्नुपर्ने भन्दै सुझाएपछि प्रमूख प्रशासकीय अधिकृत हमाललाई सरकारी सेवाबाटै बर्खास्त गर्न गाउँपालिकाबासीहरुको माग छ।

    माफी मागिसकेका प्रमूख प्रशासकीय अधिकृत हमाल सूचना अधिकारी प्रकाश चन्द र कर्मचारी चन्द्र बहादुर शाहीका कारण थप विवादित बनेका छन्। उनीहरुले सामाजिक संजालमा दिएको अभिव्यक्तिका कारण कार्यकारी अधिकृत हमालको माफी माग्दासमेत आलोचना भइरहेको छ।

    आफू मातहतका कर्मचारीले विवादलाई साम्य बनाउनुको साटो थप उछालेको भन्दै प्रमूख प्रशासकीय अधिकृतले दोहोरो भूमिकामा देखिएका छन्।

    प्रमूख प्रशासकीय अधिकृत हमालले मातहतका कर्मचारीलाई आफ्नो पक्षमा प्रयोग गर्दै पत्रकारविरुद्ध तथानाम बोल्न लगाएको गाउँपालिका श्रोतले बताएको छ।

    श्रोतका अनुसार चन्द र शाही गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी र प्रमूख प्रशासकीय अधिकृत हमालका विस्वास पात्र मानिन्छन्। आफुले माफी मागेर मौन बसेजस्तो गरेका प्रमूख प्रशासकीय अधिकृत हमालले पत्रकारविरुद्ध चन्द र शाहीलाई प्रयोग गरेको गाउँपालिकाका एक कर्मचारीले बताए।

    प्रमूख प्रशासकीय अधिकृत हमालको अभिव्यक्तिपछि गाउँपालिकाका कर्मचारीहरु विभाजित देखिएको श्रोतले बतायो। हमालले आफु निकटका कर्मचारीलाई पत्रकारकाविरुद्धमा लाग्न उक्साहट गरेकै कारण चन्द र शाहीले सामाजिक संजालमा जथाभावी अभिव्यक्ति दिएको गाउँपालिका श्रोतको दावी छ।

    प्रमूख प्रशासकीय अधिकृत हमालले भने पत्रकारका विरुद्धमा लाग्न उक्साहट गरेको भन्ने आरोप अस्वीकार गरेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकिएको स्थान भन्दा बाहिरको भूभागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा गाउँपालिकालाई पत्रसमेत काटेको थियो। अहिले सो विषयमा अनुसन्धान भइरहेको समेत अख्तियारले जनाएको छ।

    यो पनि पढ्नुहोस।

    सिम्ता गाउँपालिकाका प्रशासकीय अधिकृतले नै कोरोना आशंकितलाई गोली हान्न सुझाएपछी..

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...