News Portal

गाउँपालिकाका प्रशासकीय अधिकृतले कोरोना आशंकितलाई गोली हान्न सुझाएपछी..

हिमाली संचार संवाददाता
१०१७ पटक
चैत २३, २०७६ आइतबार

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनक बहादुर हमालले कोरोनाको शंका गरिएका जो कोहि ब्यक्तिहरुलाई सरकारले गोली हान्नुपर्ने सुझाव दिएका छन्।

उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कोरोना संक्रमित व्यक्तिहरुलाई नेपाल सरकारले गोली हान्नुपर्ने भन्दै सुझाव दिएका थिए।

शनिबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै अधिकृत हमालले भनेका छन्, “देश बिदेशबाट आएका ब्यक्तिहरु, कोरोनाको शंका गरिएका ब्यक्तिहरु अनिवार्य रूपमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा बस्नैपर्ने ब्यबस्था लागु गर्नुपर्यो।

यदि कसैले मान्दैन भने नेपाल सरकारले उसको लागि एक गोली खर्च गर्नुपर्ने भो। किनकी उसको कारण धेरै मानिसहरूले ज्यान गुमाउने छन् र ठुलो जनधनको क्षति हुनसक्ने सम्भावना पनि बढ्नेछ।”

नेपाली जनताले तिरेको करबाट तलब भत्ता लिइरहेका नेपाल सरकारकै जिम्मेवार अधिकृतले नागरिकलाई गोली हान्नुपर्ने भनेपछि गाउँपालिकाबासी आक्रोशित भएका छन्।

उनको स्टाटसमा कमेन्ट गर्दै दिपेश कुमार भन्ने एक जनाले लेखेका छन्, “गरिब र पीडित नागरिक सेवा सुविधा दिने बजेट त मन्त्रीको खल्तीमा परेछ। पहिलो गोली भ्रष्टाचारीलाई दोश्रो गोली क्वारेन्टाइन बस्न नमान्ने ब्यक्तिलाई।”

“जनतालाई गोली खर्च नगरौं, हामी सबैको बोली पर्याप्त हुन्छ सर !” अमर रानाले कमेन्ट गर्दै लेखेका छन् भने पूर्ण आरएनले “यो जटिल समस्या हो, त्यस्ता ब्यक्तिहरुलाई सुरक्षित स्थानमा राख्न सरकारको जिम्मेवारी हो, केन्द्र प्रदेश स्थानीय सबैको !” भन्दै आलोचनात्मक कमेन्ट गरेका छन्।

त्यस्तै भुवन केसीले “गोली ठोक्नुभन्दा नि सम्झाउनु पर्यो सारै अबुझ त को होला र हजुर” भन्दै कार्यकारी अधिकृत हमाललाई सुझाव दिएका छन्।

सरकारको प्रतिनिधिका हैसियतमा रहेका जिम्मेवार सरकारी अधिकृतले बिदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नुको सट्टा गोली हान्न सुझाएपछि अहिले उनको चर्को आलोचना भइरहेको छ।

नाम नलेख्ने सर्तमा हामीसँग कुरा गर्दै सिम्ताका एक स्थानीयले भने, “यस्ता अधिकृतलाई नेपाल सरकारले सरकारी सेवाबाटै बर्खास्त गर्नुपर्छ।” तर, कतिपयले भने उनलाई सार्वजनीक रुपमा माफी माग्न सुझाएका छन्। सरकारका अधिकृतस्तरमा प्रतिनिधिले जथाभावी बोल्न नहुने धेरैको सुझाव छ।

स्वदेशमा बिदेशबाट आएका आफ्ना नागरिकलाई सहि व्यवस्थापन गर्नुको साटो गोलि नै हान्नुपर्ने यो कस्तो सरकारीतन्त्र ? के यहि हो जनताको कर मार्फत तलब खाने कर्मचारीको बोल्ने शैली ?

आफुले बोल्ने लवजमा ख्याल राख्न नसक्ने अधिकृतले फेसबुकवाट लेखेका शब्द हटाएपछि आत्माआलोचना गर्न पर्दैन ? कि आफ्ना तर्कमाथी औला उठाउनेलाई ब्लक गरे पुगिहाल्ने होर ?

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...