News Portal

  • प्रकाण्डको गृह जिल्लामा रिहाईको माग गर्दै स्थानीयहरू आन्दोलित

    हिमाली संचार संवाददाता
    ९९९ पटक

    भाद्र ११ कालिकोट – खड्कबहादुर विश्वकर्मा नेकपाका प्रवक्ता (प्रकाण्ड)को गृहजिल्ला कालिकोटमा स्थानीय नागरिक हरूको सहभागितामा आज विरोध जुलूस एवं प्रर्दशन गरेका छन् ।

    कर्णालीकै एक सच्चा क्रान्तिकारी नेतृत्वको गिरफ्तार पछी आक्रोशित बनेका कालिकोट बासीहरूले रिहाईको माग गर्दै आन्दोलित भएका हुन्। नेकपाका केन्द्रीय प्रवक्ता क. प्रकाण्ड लगायतका सम्पूर्ण राजबन्दीहरूलाई विना शर्त रिहाई गर । सम्पूर्ण झुट्टा मुद्धा खारेज गर । दलाल के.पी. सरकार मुर्दावाद ।लेखिएका सयौं पेलेकार्ड सहित हाजरौ जनताहरूको सहभागितामा भिन्नभिन्न ठाँउमा नारा जुलूस सहित विरोध प्रर्दशन गरेका छन् ।

    सावन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएका प्रकाण्डलाई विनाकारण गैरन्यायीकतरीकाले पक्राउ गरिएकाे र नेकपाले बिनाशर्त रिहाईको माग गर्दै आइरहेको छ ।

    पक्राउ परेका विश्वकर्मालाई छाड्ने र पुनःप्रहरीले पक्राउ गर्ने गरेको यो सरकारको रोमांचक नाटकको नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवी, मानवाधिकारवादी, बार एसोसिएशन एवं पत्रकारहरूले सरकारको चर्को विरोध एवं आलोचना गर्दै राजनीतिक व्यवहार गर्न दवाब दिइरहेका छन् ।

    प्रकाण्ड नेपाली जनताको मुक्तिका लागी निरन्तर सघर्ष गर्दै आइरहेका एक क्रान्तिकारी नेतृत्व हुन्।
    तस्वीर : नेपालीभिउबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मिनिल्याण्डले गर्‍यो स्वागत

    रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११...

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...