News Portal

रंगेलीमा क्वारेन्टाइनकाे ब्यबस्था

हिमाली संचार संवाददाता
३९६ पटक

रबिन्द्र बराल -बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बडिरहेकाे अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइन काे स्थापना गरेको छ। काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे।

रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्पसकाे भवनमा २० बेड र रंगेली अस्पतालमा ५ बेडकाे क्वारेन्टाइन स्थापना गरिएको नगरपालिका का मेयर दिलिप बगडियाले बताए।

भारत तथा बिदेशबाट आएका जाे काेहिलाई समेत १४ दिन सम्मकाे लगि क्वारेन्टाइनमा राख्नका लागि स्थापना गरिएको बताए। केही दिन अगडि रंगेली अस्पतालमा भारतकाे दिल्लीबाट आएका सुनबर्सि नगरपालिका का तीन जना लाई रंगेली अस्पतालमा रहेकाे क्वारेन्टाइनमा १४ दिनका लागि राखिएको छ।

नगरपालिकाले उनिहरुका लागि निशुल्क खानाकाे सेमत ब्यवस्थापन गरेको छ। जनता क्याम्पसमा स्थापना गरिएकाे क्वारेन्टाइन मा २४ घन्टा अहेव डाक्टर सहितकाे टिम र शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र ससस्त्र प्रहरीकाे क्वारेन्टाइनमा रहेका बिरामीहरुकाे निगरानी गरिने मेयर बगडियाले बताए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...