News Portal

  • अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउन यता १ सय ८७ वटा उडान भए

    हिमाली संचार संवाददाता
    ३२६ पटक

    काठमाडौँ — सरकारले लकडाउन घोषणा गरेयता शनिबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ८७ वटा उडान भएका छन् ।

    नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार, लकडाउन सुरु भएको १२ औं दिनसम्म आन्तरिक, अन्तर्राष्ट्रिय र सैनिक उडान समेत गरी शनिबारसम्म काठमाडौंमा १ सय ८७ वटा उडान भएका हुन् ।

    आन्तरिकतर्फ पोखरा, लुक्ला, नेपालगन्ज र ताप्लेजुङ लगायत पर्यटकीय सहरमा अलपत्र परेका विदेशीलाई आन्तरिक उडान गर्ने एयरलायन्सका जहाजले ९८ वटा उडान गरेर काठमाडौं ल्याएका थिए । त्यस्तै आन्तरिकतर्फ हेलिकप्टरले विदेशी तथा नेपाली बिरामी र पर्यटक उद्धार गर्न ५१ वटा उडान गरेको तथ्यांकमा देखिन्छ ।

    त्यसैगरी नेपालमा अलपत्र परेका विदेशी पर्यटकलाई उद्धार गर्न १८ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाली सेनाले स्वास्थ्य सम्बन्धि सामाग्री ढुवानी उद्धार लगायतकालागि २१ वटा सैनिक विमानबाट आन्तरिक उडान गरेको तथ्यांकमा देखिन्छ ।

    अन्तर्राष्ट्रियतर्फ सबैभन्दा धेरै काठमाडौं–दोहा उडान भएको देखिन्छ भने आन्तरिकमा सबैभन्दा धेरै काठमाडौंबाट लुक्ला र पोखराका लागि उडान भएको देखिन्छ ।

    आउने र जानेगरी भएका १ सय ८७ उडानमध्ये अधिकाशं एकतर्फी खाली उडान हुन् । आन्तरिकमा बाहिर जाँदा खाली जहाज तथा हेलिकप्टर उडेका थिए भने फर्किदा विदेशीलाई काठमाडौं ल्याइएको थियो ।

    अन्तर्राष्ट्रिय उडानतर्फ जेट विमानहरु आउँदा खाली आएका थिए भने, फर्किदा विदेशी पर्यटकलाई उद्धार गरिएका उडान भएका थिए । त्यस्तै नेपाल वायुसेवा निगमले काठमाडौंका लागि चीनबाट दुईटा कार्गो उडान गरेको थियो ।

    लकडाउन भएपछि सर्वाधिक उडान चैत्र १५ गते शनिबार भए । त्यसदिन आन्तरिक, अन्तर्राष्ट्रिय र सैनिक उडान ४८ वटा भए ।

    सरकारले चैत ११ गते मंगलबारदेखि एक साताका लागि लकडाउन सुरु गरेको थियो । तर, लकडाउन सुरु हुनुभन्दा दुई दिन अघि (चैत ९ गते) राति १२ बजेपछि अन्तर्राष्ट्रिय यात्रु आगमन रोक लगाएको थियो ।

    उक्त रोकपछि सोमबार (चैत्र १० गते) ८ वटा अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान भएका थिए । तर लकडाउनको पहिलो दिन कुनै पनि गैरसैनिक उडान भएनन् । क्षत्रीका अनुसार, ७० वर्ष लामो हवाई इतिहास भएको नेपालमा लकडाउनको पहिलो दिन चैत ११ गते कुनै पनि उडान भएनन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...