News Portal

अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउन यता १ सय ८७ वटा उडान भए

हिमाली संचार संवाददाता
३९० पटक

काठमाडौँ — सरकारले लकडाउन घोषणा गरेयता शनिबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ८७ वटा उडान भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार, लकडाउन सुरु भएको १२ औं दिनसम्म आन्तरिक, अन्तर्राष्ट्रिय र सैनिक उडान समेत गरी शनिबारसम्म काठमाडौंमा १ सय ८७ वटा उडान भएका हुन् ।

आन्तरिकतर्फ पोखरा, लुक्ला, नेपालगन्ज र ताप्लेजुङ लगायत पर्यटकीय सहरमा अलपत्र परेका विदेशीलाई आन्तरिक उडान गर्ने एयरलायन्सका जहाजले ९८ वटा उडान गरेर काठमाडौं ल्याएका थिए । त्यस्तै आन्तरिकतर्फ हेलिकप्टरले विदेशी तथा नेपाली बिरामी र पर्यटक उद्धार गर्न ५१ वटा उडान गरेको तथ्यांकमा देखिन्छ ।

त्यसैगरी नेपालमा अलपत्र परेका विदेशी पर्यटकलाई उद्धार गर्न १८ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाली सेनाले स्वास्थ्य सम्बन्धि सामाग्री ढुवानी उद्धार लगायतकालागि २१ वटा सैनिक विमानबाट आन्तरिक उडान गरेको तथ्यांकमा देखिन्छ ।

अन्तर्राष्ट्रियतर्फ सबैभन्दा धेरै काठमाडौं–दोहा उडान भएको देखिन्छ भने आन्तरिकमा सबैभन्दा धेरै काठमाडौंबाट लुक्ला र पोखराका लागि उडान भएको देखिन्छ ।

आउने र जानेगरी भएका १ सय ८७ उडानमध्ये अधिकाशं एकतर्फी खाली उडान हुन् । आन्तरिकमा बाहिर जाँदा खाली जहाज तथा हेलिकप्टर उडेका थिए भने फर्किदा विदेशीलाई काठमाडौं ल्याइएको थियो ।

अन्तर्राष्ट्रिय उडानतर्फ जेट विमानहरु आउँदा खाली आएका थिए भने, फर्किदा विदेशी पर्यटकलाई उद्धार गरिएका उडान भएका थिए । त्यस्तै नेपाल वायुसेवा निगमले काठमाडौंका लागि चीनबाट दुईटा कार्गो उडान गरेको थियो ।

लकडाउन भएपछि सर्वाधिक उडान चैत्र १५ गते शनिबार भए । त्यसदिन आन्तरिक, अन्तर्राष्ट्रिय र सैनिक उडान ४८ वटा भए ।

सरकारले चैत ११ गते मंगलबारदेखि एक साताका लागि लकडाउन सुरु गरेको थियो । तर, लकडाउन सुरु हुनुभन्दा दुई दिन अघि (चैत ९ गते) राति १२ बजेपछि अन्तर्राष्ट्रिय यात्रु आगमन रोक लगाएको थियो ।

उक्त रोकपछि सोमबार (चैत्र १० गते) ८ वटा अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान भएका थिए । तर लकडाउनको पहिलो दिन कुनै पनि गैरसैनिक उडान भएनन् । क्षत्रीका अनुसार, ७० वर्ष लामो हवाई इतिहास भएको नेपालमा लकडाउनको पहिलो दिन चैत ११ गते कुनै पनि उडान भएनन ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...