News Portal

प्रम ओली र नेकपा अध्यक्ष प्रचण्डलाई चलचित्रकर्मी नवल खड्काको खुल्ला पत्र

चलचित्रकर्मी - नवल खड्का
४१० पटक
२१ चैत्र २०७६

 

सम्माननीय प्रम ओली ज्यु, नेकपा अध्यक्ष प्रचण्ड ज्यु नमस्कार! सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस् । “भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ” भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु भो होला सुन्नु भो होला। तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघी सक्यो, देख्नु भयो होला।

बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो। त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन। जनताहरुले लाठो देखाएपछि रद्ध गरियो। के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको छैन तर हामी स्पष्ट नै छौं।

बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो। त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन। जनताहरुले लाठो देखाएपछि रद्ध गरियो। के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको छैन तर हामी स्पष्ट नै छौं।

नेपाली जनतामात्र होइन सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन। राक्षसहरुमा त अलिकति विवेक हुन्छ। सारा विश्वका मानवजाति आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका बखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैन। तपाईंहरुलाई पनि यस्तै लागेको होला मेरो विश्वास छ।

तर  म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्वराही तथा पेरिस डाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाट तर्फ लाग्छ।

“म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्वराही तथा पेरिस डाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाट तर्फ लाग्छ।

हामीहरुलाई भनौं– अब पनि ती चोखा भनेर काखीमा बसिराख्नु भए तपाईंहरु प्रति जनताको पुरै मोहभङ्ग हुनेछ। इतिहासमा जुन भूमिका खेलेर आउनु भएको छ ती सबै नामिटानामेट हुनेछन्। यस्तो हुँदा पनि तपाईंहरु दुवैबाट कुनै कदम नचालिनु दुखद छ। 

“इतिहासमा जुन भूमिका खेलेर आउनु भएको छ ती सबै नामिटानामेट हुनेछन्। यस्तो हुँदा पनि तपाईंहरु दुवैबाट कुनै कदम नचालिनु दुखद छ। 

हामी चलचित्रकर्मीले बिशिस्ट प्रकारको सफल चलचित्र बनाउन अभिनयकला गर्छौं। तर तपाईंहरुले अभिनय होइन वास्तविक कार्य गर्नुपर्छ। हो कला पनि चाहिन्छ र चतुरता पनि चाहिन्छ तर जनसेवा कसरी गर्ने त्यसलाई कसरी जनहित हुने गरी गर्ने भनेर। तर किचेन क्याविनेटका पार्टीका केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिदाँ तपाईहरु शव्दजाल र मुक भएर बस्न मिल्दैन।

त्यस्तो भ्रष्टाचारीहरुले नैतिकताले नै राजीनामा दिनु पर्ने थियो। के नैतिकता शेरबहादुर तामाङ्गमा मात्रै लागू हुने शव्द हो। यिनीहरुका लागि नैतिकता भन्ने शव्द थिएन। यसर्थ मेरो अनुरोध छ आसन भन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस्।

के नैतिकता शेरबहादुर तामाङ्गमा मात्रै लागू हुने शव्द हो। यिनीहरुका लागि नैतिकता भन्ने शव्द थिएन। यसर्थ मेरो अनुरोध छ आसन भन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस्।

ती जनताका नजरमा कोरोनाभाइरसका कारणले ढलिसके ती अर्द्धमृतप्रति जनताको कुनै विश्वास छैन। तिनीहरुले सरकारका कुनै राम्रा कार्यबारे चर्चा गरे भने सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया आउँछन् तपाईंहरुले हेर्नु भएको छ।  तर टेर्नु भएको छैन।

अब पनि टेर्नु भएन भने के हुन्छ? विश्वका कैयन भ्रष्टाचारीलाई के भएको थियो त्यही हुन्छ। ईतिहास साक्षी छ ।

आदरणीय नेतागण कैयन अलोकप्रिय शासक कसरी ढले भनेर पाठ सिकाउने दुस्साहस गर्दिनँ। मात्रै सम्झाउन खोजेको हुँ। तसर्थ समृद्ध नेपाल सुखि र खुसि नेपालीको नारालाई जनताको जनजीवनमा अभिब्यक्त हुने गरि काम गरौं। भष्टाचार रोकौं। संविधान संसोधन गर्न सकिन्छ भने दुई तिहाईको सरकारले गरेर भष्टचारीलाई जीवन लिनेसम्मको सजाय दिऊँ। शाशक हैन, जनताको सेवक बनौ, थोरै समय बाँकी छ। यहाँहरु माथि अझैपनि विश्वास रहेको निवेदन गर्दछु– यो यूगको मानव मात्रै हैन महामानव बनिदिनुस् नेपालीको यहि चाहाना छ। 

नवल खड्का (चलचित्रकर्मी)

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...