News Portal

  • लकडाउनले गरीबको बिचल्ली

    रबिन्द्र बराल
    ३६६ पटक
    चैत्र २१ शुक्रबार

     

    मोरङ । विश्वभर काेराेना भाईरसको प्रकाेप बडन थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले पनि दुई सात देखि मुलुकभर लकडाउनका कारण अहिले गरिव समस्यामा परेका छन। 

    ज्याला मजदुरी गरेर आफ्ना घर खर्च जाेहाे गर्ने अति विपन्न परिवारहरुलाई विहान बेलुकी हातमुख जाेडन समस्या परेको छ । मोरङको बिराटनगर-८ स्थित ७० बर्षिया एक बृद्ध अहिले बिराटनगर ट्राफिक प्रहरी कार्यालय  पेटिमा बसेर मकै पोलेर बिक्री गर्दे आएकी छिन ।

    उनी आफ्नो  दुखेसाे यसरी पाेखीन श्रीमानको मृत्यु भएको धेरै बर्ष भइसक्यो । घरमा ५ जना छाेरीहरुलाई बिगत २५ बर्षदेखि यही ठाउँमा बसेर मकै पोलेर परिवारको पालनपोषण गरिरहेको बताउछिन्। बजार खुल्ला भएको बेलामा दैनिक १ सय ५० वटा मकै पाेलेर राम्रो आम्दानी गर्ने गरेता पनि अहिले लकडाउनको समयमा १० देखि २० वटा मात्रै मकै बिक्री हुने गरेको बताउछिन्।

    अब आफ्नो परीवार कसरी पालनपोषण गर्नु भन्दै बिलाैना समेत गरिरहेकी छिन। त्यस्तै, एक रिक्सा चालकको पनि दुखेसो र पिडा भने कम छैन । उनी भन्छन घरपरिवारमा  तीन छाेरा छाेरी र श्रीमती घरमा रहेको छन् । धरमा एक दाना चामल छैन । अहिले सरकारले काेराेना राेग आएको भन्दै लकडाउन गरेर आफुहरुलाई समस्या परेको उनले बताए।

    घरमा बसाै भने छाेरा छाेरीहरु भाेक लाग्याे भाेक लाग्याे भन्छन ।  रिक्सा लिएर बजर निस्कियाे भने प्रहरी घर जा जा भन्छ हामी गरीब कहाँ जाँउ भन्दै दुखेसो पाेख्छन । बरु भाेकले मर्नु भन्दा राेग लागेरै मराै भनेर रिक्सा चलाउन बजार आएको उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...