News Portal

दुई प्रेमी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिए

दिनेश थापा
७४७ पटक

११ भदौ, सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ एउटै रुखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । ठकुरी ७ महिनाअघि जाजरकोटबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मानेभञ्ज्याङमा घर निर्माणको काम गर्न आएका थिए ।

भदौ ७ गते गाउँबाट दुई युवक र दुई युवती हराएका थिए । केटीका आफन्तले प्रहरी कार्यालयमा उजुर गरेपछि खोजी गर्दा एक युवक र युवती पक्राउ परेका थिए । उनीहरुसँगै हराएका अरु दुई जना पदम र फुलमाया भने झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । आइतबार स्थानीयले मेलम्ची नगरपालिका-६ सिन्धुकोटको जंगलमा कटुसको रुखमा भुण्डिएको अवस्थामा दुवैलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

रुखको बीचभागमा एउटै डोरी र एकै पट्टी फर्किएर झुण्डिएको अवस्थामा मृत भेटिएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । सँगै हिँडेका अर्को जोडीलाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि उनीहरु डराएर आत्महत्या गरेको हुन सक्ने स्थानीयको बुझाइ छ ।

पक्राउ परेका जोडीले सहमतिमा नै शारीरिक सम्बन्ध राखेको दुवैले स्वीकारे पनि युवतीको उमेर १३ बर्षको मात्रै भएकाले प्रहरीले जबरर्जस्ती करणी अन्र्तगत मुद्दा चलाएर अनुसन्धान प्रक्रिया सुरु गरेका थियो । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...