News Portal

“प्रहरीको साथी म” नारा सहित रंगेलीमा स्वयम सेवक परिचालन

रविन्द्र बराल
२८७ पटक

१८ चैत्र २०७६ । रविन्द्र बराल 

मोरङ। विश्वभर नोवेल कोरोनाको महामारी  फैलिदै गएको अवस्थामा नेपाल सरकारले  काेराेना को सक्रमण फैलिन नदिन लकडाउन गरको समयमा माेरङकाे रंगेली नगरपालिकामा अनौठो दृष्य देखिन्थ्यो । 

नेपाल सरकारले भिड्भाड् हुन नदिई घरमै बस्न आग्रह गर्दै आएको नेपाल प्रहरी र नगरपालिकाले केही युवकहरुलाई सडकमै पोशाक वितरण गरिरहेका थिए। उक्त दृश्यमा  समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  सरकारले घोषण गरेको लकडाउनलाई प्रभावकारी बनाउने उदेश्यका साथ अति आवश्यक कामका लागि बजार निस्कने व्यक्तिहरुकाे  दुरी कायम गराउने र अनावश्यक हिड्डुल गर्ने मानिसहरुलाई सचेत गराउनका लागि म्यादी प्रहरी सरह स्वयम सेवक खटाएको हो।   

“प्रहरीको साथी म” नारा सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार रंगेली नगरपालिकाले मोरङ प्रहरीसंग सहकार्य गरी प्रहरीसंगै हरेक वडामा १०÷१० जना गरी करिव ९० जना स्वयम सेवक परिचालन समेत गरेको छ ।  रंगेली क्षेत्रमा लकडाउनलाई प्रभावकारी बनाउने उदेश्यले यस्तो अभियान सुरु गरेको हो ।  अभियानलाई सफल बनाउन मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारी र रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले संयुक्त रुपमा आज “प्रहरीको साथी म” नारा लिखित पोशाक स्वयम सेवकहरुलाई हस्तान्तरण गरेका थिए ।  

मोङका प्रहरी उपरिक्षक विश्व अधिकारीले अहिलेको महामारीमा नागरिक प्रहरी हातेमालो गरेर खुल्ला रहेको नाकाको आगमनलाई रोक्ने र मानिसहरुलाई घर भित्रै लकडाउन गर्ने उदेश्य सहित बास्तविक समुदाय–प्रहरी साझेदारीको कार्यको थालनी भई उनिहरुलाई परिचालन गरिएको बताए । 

उनिहरुको स्वास्थ्यलाई समेत मध्यनजर गरेर नगरपालिकाले आवश्यक सुरक्षा सामाग्री ग्लोव, माक्स, सेनिटाइजर लगायतको सामाग्री उपलब्ध गराई आपसी दुरी कायम गर्नका लागि सचेत गराउन स्वयम् सेवक परिचालन गरिएको हो। 

रंगेली नगरपालिकाको मेयर दिलिप वगडीयाले लकडाउन सफल बनाउने कार्य प्रहरी एक्लैको मात्र नभएर नागरिकहरुको पनि जिम्मेवारी कर्तव्य रहेकाले नगर भित्रका हरेक वडाका युवाहरुलाई प्रहरीसंगै पचिलान गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेतको कार्यक्रम विवादमा

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतको तर्फबाट विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिललगायत विभिन्न शैक्षिक...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...