News Portal

  • लकडाउनमा बिपन्न गाउँलेलाई खाद्यान्न वितरण

    रामप्रसाद ढुंगेल
    ५९० पटक
    झापा १६, २०७६ चैत

    कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ। बारदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार ५ सय केजी चामल र ३ सय ५० केजी नुन वितरण शुरु गरेको स्थानीय युवा मातृका लम्सालले जानकारी दिएका छन्।

    स्थानीय समाजसेवी युवा देविन्द्रप्रसाद चम्लागाईका पिता लोकनाथ चम्लागाई, माता डिकुरादेबी चम्लागाई, दाजुहरु प्रेमप्रसाद चम्लागाई र महेन्द प्रसाद चम्लागाईको पहलमा खाद्यान्न वितरण गरिएको हो। वितरणको पहिलो दिन वडा नम्बर १, २ र ३ का गरिबहरुलाई चामल र नुन प्रदान गरिएको छ।

    सम्बन्धित वडाअध्यक्षको उपस्थितिमा गरिव पहिचान गरी हरेक वडामा ५ सय केजी चामल र ५० केजी नुन वितरण पहिलो दिन वितरण गरिएको छ। यो वितरण कार्यलाई सबै वडामा पुर्‍याउने चम्लागाई परिवारले बताएको छ।

    अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष र गैरआवासीय नेपाली संघका मानार्थ आइसीसी सदस्य महेन्द्र चम्लागाई कतारको नेपाली व्यावसायिक क्षेत्रमा उदार र सहयोगी व्याक्तित्वका रूपमा परिचित छन।

    उनले यो विपत्तिको अवस्थामा आफ्नो गाउँठाउँका कोही पनि भोकै बस्नु नपरोस् भनी कतारबाट यो कार्यको लागि २ लाख रुपैयाँ पठाएका थिए। महेन्द्रको प्रस्ताव, सहयोग र परिकल्पनामा आफ्नो गाउँका विपन्नहरुलाई राहत सामग्री वितरण गरिएको र यसमा समग्र चम्लागाई परिवारले साथ दिएको बताइएको छ।

    आफ्नो गाउँको शैक्षिक, भौतिक, साँस्कृतिक विकासको लागि मात्र नभएर दैवीप्रकोप र विपत्तिहरुमा यो परिवारले विगतमा पनि दिल खोलेर सहयोग गर्ने गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...