News Portal

अब बिना अकाउन्ट फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

हिमाली संचार संवाददाता
४६६ पटक
एजेन्सी २९, २०२० मार्च

कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। फेसबुकमा लाइभ भिडियोको बढ्दो प्रयोग तथा भिडियो हेर्नेहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै फेसबुकले नयाँ सुविधा थप गरेको छ।

जसअनुसार, अब फेसबुकमा खाता नखोलिकनै पनि मोबाइल डिभाइसबाट फेसबुकका लाइभ भिडियो हेर्न पाइनेछ। यसअघि यो सुविधा केवल डेस्कटप प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो।

यो फिचर तत्कालै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ भने आगामी हप्ता आईओएस प्रयोगकर्तालाई पनि उपलब्ध हुने बताइउको छ।

त्यस्तै फेसबुकले Public Switch Telephone Network नामक नयाँ फिचर पनि थप गर्दैछ। उक्त फिचरमार्फत प्रयोगकर्ताले टोल फ्रि नम्बरबाटै फेसबुकको लाइभ स्ट्रिम सुन्न सक्नेछन्।

स्मरण रहोस् फेसबुक लाइभमा केवल अडियो मात्र सुन्न सकिने ‘अडियो वन्ली’ मोड समेत रहेको छ। विश्वका अर्बौँ मान्छेहरू लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य भैरहेको बेला फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या तिव्र वृद्धि भैरहेको छ।

रिपोर्ट अनुसार ग्रुप भिडियो कलमा ७० प्रतिशतले वृद्धि भएको छ भने फेसबुक र इन्स्टाग्राम लाइभमा मानिसहरूले बढि समय बिताउने गरेका छन्।

अत्यधिक प्रयोगका कारण इन्टरनेट संरचनामै परेको अभूतपूर्व चापलाई मध्यनजर गर्दै फेसबुक र इन्स्टाग्रामले ल्याटिन अमेरिका र भारतमा समेत भिडियो क्वालिटी घटाउने घोषणा गरिसकेका छन्।

यसअघि यी युरोपमा यी दुबै प्लाटफर्मले भिडियो क्वालिटी घटाइसकेका छन्।

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...