News Portal

आजबाट धरानमा पनि कोरोना टेष्ट हुने

हिमाली संचार संवाददाता
३२४ पटक

१६ चैत्र २०७६

धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजबाट कोरोना टेष्ट शुरु हुने भएको छ। नोवेल कोरोना टेष्टका माइक्रोबाइलोजी विभागका सबै तयारी सकिएको भए पनि केही सामान काठमाण्डौमा छुटेका कारण ढिलाई भएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले जानकारी दिए। 

मन्त्रालयबाट आएको समानमा छुटेको हुनाले केही ढिलाई भयो, छुटेको सामान आइ सकेको छ। चैत्र १६ गत्तेदेखि कोरोना आशंका गरेका ब्यक्तिको थ्रोट स्वाब धरानमा नै परिक्षण हुन्छ। यस अधि प्रदेश नं. १ का सम्पूर्ण क्वारेन्टाइनमा बस्ने ब्यक्तिको थ्रोट स्वाब टेकु अस्पताल पठाइन्थ्यो त्यसैले रिपोर्ट आउन हप्ता, दश दिन सम्म पर्खनु पर्ने हुन्थ्यो ।

आइताबारदेखि प्रदेश नं. १ को क्वारेन्टाइनका सम्पूर्ण ल्याब टेष्ट प्रतिष्ठानमा नै हुने छ। प्रदेश नं. १ बाट हालसम्म २५ जनाको ल्याब टेष्ट गरिएको थियो। सबैको नेगेटिभ आएको छ। धरानमा अहिले सम्म सात जना आइसोलेशनमा रहेका छन्। प्रतिष्ठानले हिजो मात्र ३ जनाको टेष्टका लागि काठमाण्डौ पठाएको छ।

अब, सम्पूर्ण तयारी सकिएको हुनाले आइताबारदेखि स्वाबा टेष्ट प्रतिष्ठान धरानमा नै हुने प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर शाहले जानकारी दिएका हुन्। 

प्रतिकृया दिनुहोस्

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...