News Portal

लकडाउन अटेर गरेर हुँइकिएका वडाध्यक्ष सुमन मल्ल दुर्घटनामा परे

हिमाली संचार संवाददाता
५२० पटक

काठमाडौं १२, २०७६ चैत : कैलालीको अत्तरीयामा मंगलवार राती दुर्घटनामा परि बाँके खजुरा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सुमन मल्ल घाइते हुँदा खुट्टा भाँचिएको खबर हाम्राकुराले जनाएको छ। भाँचिएको उनको खुट्टाको बुधवार नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया भइसकेको छ।

देशैभरी लकडाउन भएका बेला मल्ल कैलाली किन गए अनि उनलाई कुन प्रयोजनका लागि त्यहाँ जाने अनुमति दिइएको थियो भन्ने बारेमा आधिकारीक रुपमा कसैले जानकारी दिएको छैन। तर उनीसँगै कैलाली गएकाहरु समेत अत्तरीयामा दुर्घटनामा पर्दा घाइते भएका छन्।

मल्लसँगै नेपालगञ्ज गएकी रेणु कुमारी चौधरीको पनि नेपालगञ्ज मेडिकल कलेजमै उपचार भएको छ। चौधरी कुन प्रयोजनका लागि मल्लसँग थिइन भन्ने अनुत्तरीत छ।

गिटी बालुवाको कारोवारमा मल्लका व्यापारिक साझेदार पूर्व प्रहरी देव बहादुर बिष्ट पनि सोहि सवारी साधनमा थिए, जुन अत्तरीयामा दुर्घटनामा परेको थियो।

खजुरामा रहेको नेपाल प्रहरीको दंगा गणसम्म मल्ल आफैले चलाएर पुगेका थिए। त्यहाँबाट कैलालीसम्म जानको लागि मल्लसँग नेपाल प्रहरीकै जवान निम बहादुर शाही पनि गएका थिए।

गणबाट गएको चालक समेत दुर्घटनामा घाइते भएपछि उनलाई पनि शुरुमा नेपालगञ्ज मेडिकल कलेजमा राखेर उपचार गरिएकोमा पछि नेपालगञ्जकै प्रहरी अस्पतालमा उपचारका लागि लगिएको थियो।

प्रहरी स्रोतका अनुसार कैलालीबाट फर्किदा पनि स्वयं मल्लले नै चलाएका थिए। लकडाउनका कारण खाली रहेको सडकमा तेज रफ्तारमा सवारी चलाएका कारण उनको दुर्घटना भएको प्रहरीले बताएको छ।
विवादास्पद छवीका मल्लसँग नेपाल प्रहरीका जवान भेटिएका बारेमा प्रहरीमा चर्चा भएको छ। यस बारेमा खजुरास्थित प्रहरी गणका प्रमुख एसपी माधव श्रेष्ठले व्यक्तिगत चीनजानको साथीभाइको हिसावले गएको हुनसक्ने बताए।

घटनापछि यस बारेमा जानकारी पाएकोले थप अनुसन्धान आफूले पनि गरिरहेको श्रेष्ठले भने। उनी कुन प्रयोजनका लागि गएको भन्ने बारेमा मातहतका प्रहरी अधिकारीलाई बुझेर परिस्थिति लाई हेरेर कार्वाही समेत गर्न सकिने उनले बताए।

लकडाउनमा सवारी दुर्घटना भएपछि उनका निकटहरुले खजुरामा क्वारेन्टाइन बनाउनका लागि सामान लिन भएको भनेर मल्लको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। तर नेकपा स्रोतका अनुसार उनी लकडाउनको अनुभव लिन शयरमा निस्केको दावी गरेको छ।

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालामाथि भएको आक्रमणमा नेकपाबाट खजुरामा निर्वाचित उनै मल्लको संलग्नता रहेको कांग्रेसले बताउँदै आएको छ। त्यस क्रममा कोइरालाको हात भाँचिएको थियो।

यो पनि पढ्नुहोस।

कांग्रेस जिल्ला सभापति कुट्ने वडाध्यक्ष सुमन मल्ललाई उन्मुक्ति 

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...