News Portal

कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्ला रिहा

हिमाली संचार संवाददाता
८३४ पटक

श्रीनगर २५, २०२० मार्च : झण्डै ८ महिनाको नजरबन्दपछि कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लालाई मंगलबार रिहा गरिएको छ। उहाँलाई २३२ दिनपछि रिहा गरिएको हो।

भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत अगस्टमा अब्दुल्लासहितका काश्मिर मुद्दाप्रति असन्तुष्ट सयौँ नेताहरुलाई नजरबन्दमा राखिएको थियो।

सार्वजनिक सुरक्षा ऐन पीएस अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लामाथि गत फेब्रुअरी ५ तारिखमा लगाइएको आरोप आधिकारिक रूपमा खारेज गरिएपछि उहाँलाई रिहा गरिएको हो।

भारत सरकारले काश्मिरलाई दिइँदै आएको विशेष व्यवस्थालाई गत वर्षको अगस्ट ५ खारेज गर्दै केन्द्र सरकारको मातहतमा ल्याउने निर्णयसँगै स्थानीय नेताहरूलाई पक्राउ गरिएको थियो।

यस निर्णयलाई भारतीय संसदले तत्कालै पारित गरीसकेको छ। रिहाइपछि प्रतिक्रिया दिँदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपबीच नागरिकहरूलाई ‘सरकारले दिएको सल्लाह अनुसार सामाजिक दूरी’ कायम गर्न अब्दुल्लाले आग्रह गर्नुभयो।

नेताहरूलाई नजरबन्द गरिएकोबारे उहाँले भन्नुभयो, “सबै नेताहरुलाई नजरबन्दबाट मुक्त गरिनुपर्छ र कश्मीरमा थ्री-जी र फोर-जीसहितका सेवाहरु यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनुपर्छ।” उहाँले भन्नुभयो, “हामी जीवन र मृत्युको लडाइँ लडिरहेका छौँ।

पक्राउ गरिएका हाम्रा सबै साथीहरूलाई यस समयमा रिहा गरिनुपर्छ। कोरोना भाइरसविरुद्ध लड्ने सरकारी आदेशको पालना गर्नैपर्छ।”

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...