News Portal

कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्ला रिहा

हिमाली संचार संवाददाता
८८३ पटक

श्रीनगर २५, २०२० मार्च : झण्डै ८ महिनाको नजरबन्दपछि कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लालाई मंगलबार रिहा गरिएको छ। उहाँलाई २३२ दिनपछि रिहा गरिएको हो।

भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत अगस्टमा अब्दुल्लासहितका काश्मिर मुद्दाप्रति असन्तुष्ट सयौँ नेताहरुलाई नजरबन्दमा राखिएको थियो।

सार्वजनिक सुरक्षा ऐन पीएस अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लामाथि गत फेब्रुअरी ५ तारिखमा लगाइएको आरोप आधिकारिक रूपमा खारेज गरिएपछि उहाँलाई रिहा गरिएको हो।

भारत सरकारले काश्मिरलाई दिइँदै आएको विशेष व्यवस्थालाई गत वर्षको अगस्ट ५ खारेज गर्दै केन्द्र सरकारको मातहतमा ल्याउने निर्णयसँगै स्थानीय नेताहरूलाई पक्राउ गरिएको थियो।

यस निर्णयलाई भारतीय संसदले तत्कालै पारित गरीसकेको छ। रिहाइपछि प्रतिक्रिया दिँदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपबीच नागरिकहरूलाई ‘सरकारले दिएको सल्लाह अनुसार सामाजिक दूरी’ कायम गर्न अब्दुल्लाले आग्रह गर्नुभयो।

नेताहरूलाई नजरबन्द गरिएकोबारे उहाँले भन्नुभयो, “सबै नेताहरुलाई नजरबन्दबाट मुक्त गरिनुपर्छ र कश्मीरमा थ्री-जी र फोर-जीसहितका सेवाहरु यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनुपर्छ।” उहाँले भन्नुभयो, “हामी जीवन र मृत्युको लडाइँ लडिरहेका छौँ।

पक्राउ गरिएका हाम्रा सबै साथीहरूलाई यस समयमा रिहा गरिनुपर्छ। कोरोना भाइरसविरुद्ध लड्ने सरकारी आदेशको पालना गर्नैपर्छ।”

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...