News Portal

क्वारेन्टाइन निर्माण गर्न विधालय अध्यक्षको अवरोध

हिमाली संचार संवाददाता
३४२ पटक

१२ चैत्र २०७६ 

खोटाङ । नोवेल कोरोना भाइरसका आसंङ्खा गरिएको विरामी राख्न क्वारेन्टाइन निर्माण गर्न दिक्तेल बजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका व्यावस्थापन समिति अध्यक्ष नरेशकुमार श्रेष्ठका कारण क्वारेन्टाइन निर्माण गर्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी गाउपालिका प्रमुख दीपनारायण रिजालले बताएका छन्।

दिक्तेल बजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा निर्माण गर्न नदिएपछि माटिकोरेस्थित कभर्ड हलमा क्वारेन्टाइन निर्माण गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी गाउपालिकाको प्रमुख दीपनारायण रिजाल बताएका छन्। रिजालका अनुसार छनौट भएको ठाउमा निर्माण गर्न दिइएन, शुरुमा आफ्नै भवनमा राख्छौ अपुग भएमा बोर्डिङमै पनि राख्छौ। 

खोटाङ दिक्तेलका नेपाली कांग्रेस सभापति समेत रहेका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका व्यावस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठका अनुसार बजारको विचमा विरामीलाई राख्न नमिल्ने प्रतिक्रिया दिए। 

प्रमुख जिल्ला अधिकारी शालिकराम पौड्यालका अनुसार बोर्डिङमै क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको बताए। माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीको आग्रहमा बोर्डिङमै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरिएको नगर प्रमुख रिजालले बताएका छन्। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...