आज : २०२६-०७-२९, बुधबार

रंगेली नगर युवा क्लवद्वारा संन्सारी मंन्दिरमा दिप प्रज्वलन

रबिन्द्र बराल – बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस अहिले नेपालमा समेत देखा परेपछि आम मानिसहरु डर र त्रासमा रहेका छन । पछिल्लो समयमा काठमाडौमा काेराेना काे बिरामी फेला परेपछि अझै त्रास उत्पन्न भएको छ । अब याे राेग बाट कसरी बाँच्न सकिन्छ भनेर मानिसहरु चिन्ता समेत हुन थालेका छन । साेहि क्रममा रंगेली नगर युवा क्लवले माेरङकाे रंगेली नगरपालिका ७ मा रहेकाे ऐतिहासिक एवम् साक्षात देवीको बासस्थान रहेको श्रि संन्सारी माई मंन्दिरमा युवा क्लवले विश्व शान्ति तथा नेपाल मा फैलिएको काेराेना भाईरस राेकथाम तथा निर्मुल हाेस भनेर दिप प्रज्वलन गरेका छन ।

संन्सारी मंन्दिरमा प्रज्वलन गरेर बिश्व शान्तिकाे कामना गरिएको क्लवका अध्यक्ष निरज साहले बताए । उक्त दिप प्रज्वलनमा रंगेलीका समाजसेवी मचिन्द्र कटुवालले भने अहिले बिश्वभरी काेराेना भाईरस बडेकाे हुनाले साक्षात देविकाे बासस्थान रहेको संन्सारी मंन्दिरमा दिप प्रज्वलन गरेपछि राेगकाे निवारण हुन धार्मिक बिष्वाश रहेको उनलेे बताए । साे कार्यक्रम मंन्दिर व्यवस्थापनका अध्यक्ष ,सदस्य ,लगायत युवा,बुद्धिजीवी ,समाज सेवीहरु को समेत उपस्थिति रहेको थियोे ।