News Portal

काेराेना भाईरसको महामारी हुदा समेत बृद्धबृद्धाहरुलाई पैसाको माेह (फोटोफिचर)

रविन्द्र बराल
३१९ पटक

९ चैत्र २०७६

मोरङ। रंगेलीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैक तथा लुम्बिनी फाइनान्स बृद्धभत्ता लिन  वृद्धवृद्धाहरुको घुईचाे देखिन थालेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा यतिबेला हाम्रो मुलुकमा पनि यसको त्रासले बढीरहेको छ। 

सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ। तर रंगेली नगरपालिका आगाडीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैकमा भने शुक्रबार देखि नै सामाजिक सुरक्षा भत्ता वापतको रमक बैकमा जम्मा गरेसँगै बैकमा वृद्धवृद्धाको भिड देखिन थालेको छ । 

विश्व स्वास्थ्य संगठनले सबैभन्दा बढी ६० बर्ष उमेर पुगेका वृद्धवृद्धामा धेरै जाेखिम  हुने उल्लेख गरेता पनि यसबारे  भने बृद्धबृद्घाहरुलाई भने कुनै जानकारी छैन। केही दिन अगाडि नेपाल सरकारले २५ जना भन्दा भेला नहुनु भनेर आह्रवान गरेता पनि सप्तकोशी डेभलपमेन्ट बैकमा भने बिहानैदेखि १ सय भन्दा बढी बृद्धबृद्धा बैकमा पैसा लिनेको भीड देखिन्छ। 

नेपाल सरकारले वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता बापत प्रत्येक चौमासिक रूपमा निकासा गर्दे आएको छ । नगरपालिकाले फागु पुर्णिमा भन्दा अगाडि रकम बैकहरुमा पठाएको नगरपालिकाको कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदीले बताए ।

बैंकको ढिलासुस्तीका कारण बृद्ध बृद्धाहरुलाई काेराना भाईरसको बेवास्ता गर्दे बृद्ध भत्ता लिन बाध्य रहेका छन।  भत्ता लिन बैंकमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको ठूलो भिड लागेको छ । त्यस बाहेक सामाजिक सुरक्षा भत्ता लिने एकल महिला, दलित आदि समूदायको पनि बाक्लो उपस्थिति रहेको छ । 

बैंकहरुले भिडलाई व्यवस्थित गर्न पनि सकेको छैन    बैकको मुख्य गेट देखि नै बृद्धहरु भुईमा बसिरहेको देखिन्छ । यस बिषयमा नगरपालिकाले समयमै  सचेतना हुन जरुरी  देखिन्छ। यता बैकका मेनेजर केशव प्रसाईंले भने बृद्धहरुले कुरा नबुझेर भिड भएको र  भाेलि देखि ब्यवस्थित गरेर बृद्धभत्ता बितरण गरिने वताए।

प्रतिकृया दिनुहोस्

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...