News Portal

काेराेना भाईरसको महामारी हुदा समेत बृद्धबृद्धाहरुलाई पैसाको माेह (फोटोफिचर)

रविन्द्र बराल
३६१ पटक

९ चैत्र २०७६

मोरङ। रंगेलीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैक तथा लुम्बिनी फाइनान्स बृद्धभत्ता लिन  वृद्धवृद्धाहरुको घुईचाे देखिन थालेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा यतिबेला हाम्रो मुलुकमा पनि यसको त्रासले बढीरहेको छ। 

सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ। तर रंगेली नगरपालिका आगाडीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैकमा भने शुक्रबार देखि नै सामाजिक सुरक्षा भत्ता वापतको रमक बैकमा जम्मा गरेसँगै बैकमा वृद्धवृद्धाको भिड देखिन थालेको छ । 

विश्व स्वास्थ्य संगठनले सबैभन्दा बढी ६० बर्ष उमेर पुगेका वृद्धवृद्धामा धेरै जाेखिम  हुने उल्लेख गरेता पनि यसबारे  भने बृद्धबृद्घाहरुलाई भने कुनै जानकारी छैन। केही दिन अगाडि नेपाल सरकारले २५ जना भन्दा भेला नहुनु भनेर आह्रवान गरेता पनि सप्तकोशी डेभलपमेन्ट बैकमा भने बिहानैदेखि १ सय भन्दा बढी बृद्धबृद्धा बैकमा पैसा लिनेको भीड देखिन्छ। 

नेपाल सरकारले वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता बापत प्रत्येक चौमासिक रूपमा निकासा गर्दे आएको छ । नगरपालिकाले फागु पुर्णिमा भन्दा अगाडि रकम बैकहरुमा पठाएको नगरपालिकाको कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदीले बताए ।

बैंकको ढिलासुस्तीका कारण बृद्ध बृद्धाहरुलाई काेराना भाईरसको बेवास्ता गर्दे बृद्ध भत्ता लिन बाध्य रहेका छन।  भत्ता लिन बैंकमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको ठूलो भिड लागेको छ । त्यस बाहेक सामाजिक सुरक्षा भत्ता लिने एकल महिला, दलित आदि समूदायको पनि बाक्लो उपस्थिति रहेको छ । 

बैंकहरुले भिडलाई व्यवस्थित गर्न पनि सकेको छैन    बैकको मुख्य गेट देखि नै बृद्धहरु भुईमा बसिरहेको देखिन्छ । यस बिषयमा नगरपालिकाले समयमै  सचेतना हुन जरुरी  देखिन्छ। यता बैकका मेनेजर केशव प्रसाईंले भने बृद्धहरुले कुरा नबुझेर भिड भएको र  भाेलि देखि ब्यवस्थित गरेर बृद्धभत्ता बितरण गरिने वताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...