News Portal

रंगेली मालपोतका कर्मचारीले घुस मागेपछि…

रबिन्द्र बराल
३९३ पटक

८ चैत्र २०२०, मोरङ : मोरङको रंगेली मालपोत कार्यालयका कर्मचारीले सेवाग्रहीसंग घुस मागेपछि कार्यालयमा तनाव भएको छ। जग्गा पास गराउने क्रममा सो कार्यालयका नासु सुदिप पोखरेल र राजन निरौलाले आफुसंग ३५ हजार रुपैया घुस मागेको रंगेली नगरपालिका वावियार्विताका नविन थापाले आरोप लगाएका छन ।

 जग्गा पास गर्न आवश्यक सबै कागजि प्रक्रिया पुरा गरेर कागज उक्त शाखामा पुगेपछि व्येक्तिगत प्यान नम्वर चाहिन्छ भनेर दुबैले काम नगरेको थापाको भनाई छ। सो घटना वाहिर आएपछि कार्यालयमा तनाव भएको थियो।

आफुमात्र नभई अरु सेवाग्राहीसंग कर्मचारीहरुले कुनैपनि कामका लागि रकम लिने गरेकाले संकलित राजश्व रकम गन्न पटकपटक आग्रह गरेको र त्यसो गर्र्न कर्मचारीले नमानेको उनले वताए।

सेवाग्रहीसंग लिएको रकमपनि संकलित राजश्व रकममा जम्मा गर्ने र कार्यालय समय सकिएपछि उठेको राजश्व रकम छुट्याएर  आएको  रकम कर्मचारीहरुले बाडफार्ड गर्ने गरेको उनले आरोप लगाएको छ।

थापाले रंगेली–८ मा रहेको जग्गा पासगर्नका लागि कार्यालय पुगेको थिए। यस विषयमा कार्यालय प्रमुख चन्द्रमणी पोखरेलसंग बुझ्दा यो हुन नसक्ने भन्दै यो कुरालाई अस्वीकार गरेका छन।

प्रतिकृया दिनुहोस्

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...