News Portal

कोरोना भाइसबारे अडियो मार्फत भ्रम फैलाउने पक्राउ

हिमाली संचार संवाददाता
४३३ पटक

८ चैत्र २०२०

काठमाण्डौ। कोरोना भाइरसको भ्रमपूर्ण अडियो क्लिप सामाजिक संजाल मार्फत भाइरल बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

रामेछाप स्थायी धर भएका भक्तपुर स्थित सिपाडोल बस्दै आएका २० बर्षिया विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो। भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक संजालमार्फत सन्त्रास फैलिएपछि नेपाल प्रहरीले साइबर ब्यूरोलाई पक्राउ गर्ने निर्देशन दिएको थियो। साइबर ब्यूरोका विशेष टोलीले उनलाई पक्राउ गरेको हो। 

साइबर ब्यूरोका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिवार बिहान ८ बजेपछि सामाजिक संजालमा भाइरल भएको थियो। पक्राउ परेका मगरले चलाउने झोर्ले न्यूज डटकम मार्फत अडियो सबै भन्दा पहिले सार्वजनिक भएपछि सामाजिक संजालमा भाइरल भएको प्रहरी श्रोतले जनाएको छ। प्रहरीले विस्तृत बयान जारी राखेको छ। 

मगरले नर्भिक अस्पतालमा ९ जना मध्ये ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको नर्भिकमा कार्यरत एक चिकित्सकले बताएको अडियो क्लिप सेयर गरेको थियो। उनले त्रिवि शिक्षण अस्पतालमा समेत कोरोनाबाट संक्रमित व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड भाइरल भएको थियो। 

भाइरल अडियो क्लिपको सम्बन्धमा नर्भिक अस्पतालले भर्त्सना गर्दै नोवेल कोरोना संक्रमित विरामी जाँच गर्न अहिले सम्म नआएको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले स्पष्टीकरण दिनु परेको थियो। 

साइबर ब्यूरोले अडियो क्लिप कुन कुन सामाजिक संजालबाट कसरी विस्तार भयो अनुसन्धान शुरु गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...