News Portal

कोरोना भाइसबारे अडियो मार्फत भ्रम फैलाउने पक्राउ

हिमाली संचार संवाददाता
३९५ पटक

८ चैत्र २०२०

काठमाण्डौ। कोरोना भाइरसको भ्रमपूर्ण अडियो क्लिप सामाजिक संजाल मार्फत भाइरल बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

रामेछाप स्थायी धर भएका भक्तपुर स्थित सिपाडोल बस्दै आएका २० बर्षिया विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो। भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक संजालमार्फत सन्त्रास फैलिएपछि नेपाल प्रहरीले साइबर ब्यूरोलाई पक्राउ गर्ने निर्देशन दिएको थियो। साइबर ब्यूरोका विशेष टोलीले उनलाई पक्राउ गरेको हो। 

साइबर ब्यूरोका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिवार बिहान ८ बजेपछि सामाजिक संजालमा भाइरल भएको थियो। पक्राउ परेका मगरले चलाउने झोर्ले न्यूज डटकम मार्फत अडियो सबै भन्दा पहिले सार्वजनिक भएपछि सामाजिक संजालमा भाइरल भएको प्रहरी श्रोतले जनाएको छ। प्रहरीले विस्तृत बयान जारी राखेको छ। 

मगरले नर्भिक अस्पतालमा ९ जना मध्ये ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको नर्भिकमा कार्यरत एक चिकित्सकले बताएको अडियो क्लिप सेयर गरेको थियो। उनले त्रिवि शिक्षण अस्पतालमा समेत कोरोनाबाट संक्रमित व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड भाइरल भएको थियो। 

भाइरल अडियो क्लिपको सम्बन्धमा नर्भिक अस्पतालले भर्त्सना गर्दै नोवेल कोरोना संक्रमित विरामी जाँच गर्न अहिले सम्म नआएको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले स्पष्टीकरण दिनु परेको थियो। 

साइबर ब्यूरोले अडियो क्लिप कुन कुन सामाजिक संजालबाट कसरी विस्तार भयो अनुसन्धान शुरु गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...