News Portal

गुल्मभित्रै सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

उपेन्द्र यादव
४४५ पटक

बारा ०८, २०७६ चैत : पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीको शव ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएको अवस्थामा फेला परेको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक हरीनारायण श्रेष्ठले बताए।

भण्डारीको बारेमा अनुसन्धान गर्दा राति १० बजेसम्म राजमार्गको डिउटीमा खटिएको र डिउटी सकेर ब्यारेक पसेका उनी रातिको समयमा झुण्डिएर आत्महत्या गरेको हुन सकिने आशंका रहेको श्रेष्ठले बताए।

सात वर्षअघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका भण्डारी बिगत एक वर्षदेखि गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत रहेको श्रेष्ठले बताए।

गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत झुण्डिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी जवानको परिवारले बैशाखमा विवाह गर्ने तयारी समेत थालेका प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले बताए।

भण्डारीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको र आत्महत्या गरेका बारे बुझ्ने कार्य सुरु गरिएको उपरीक्षक पुरीले बताए।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...