News Portal

  • भारतमा आइतबार ‘जनता कर्फ्यु’

    हिमाली संचार संवाददाता
    ३९९ पटक

    दिल्ली १९, २०२० मार्च : भारतमा आइतबार ‘जनता कर्फ्यु’ घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिहीबार देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन्।

    उनले आफू बचौं, देश बचाऔं र जगत जोगाऔं भन्दै देशवासीलाई आग्रह गरेन्। उनले भने, ‘संकटबाट आफू बचौं, देश बचाऔं र जगत जोगाऔं। म फेरि आग्रह गर्दछु, जनता कर्फ्यू लागु गरौं।

    अहिले कोरोना भाइरसले विश्‍व विश्वयुद्धको संकटभन्दा पनि नराम्रो तरिकाले प्रभावित भइरहेको भन्दै विशेष सावधानी अपनाउनुपर्ने प्रधानमन्त्री मोदीको सुझाव छ। उनले भने, ‘म १३० करोड भारतीय जनतालाई केही हप्ता माग्‍न चाहन्छु। यस अवधिमा दुईवटा काम गर्नु आवश्यक छ। जसमा संकल्प र संयम अपनाउनुपर्दछ।

    हाल भारतमा कोरोना भाइरसको संक्रमण बढ्ढो क्रममा रहेको छ। मोदीको घाषणाअनुसार आइतबार बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म जनता कर्फ्यु लागू गरिनेछ। २२ मार्चमा हुने जनता कर्फ्यूको बारेमा आफ्ना नजिकका मानिसलाई फोन वा अन्य कुनै माध्यमबाट सूचना दिन पनि उनले आह्वान गरेका छन्।

    उनले भने, ‘महामारीको रुपमा फैलिएको यो भाइरस विरुद्ध लड्न जनताको, जनताद्वारा नै यो कर्फ्यु सफल बनाउन म आग्रह गर्छु। यो समयमा कोही पनि आफ्नो घरबाट बाहिर ननिस्कनुस्। सबैजना आफ्नो घरमा नै बस्नुस्। यो हाम्रो लागि चुनौती हो । विश्वव्यापी महामारी विरुद्ध लडाई हो।

    उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेका छन्। मोदीले खाद्यान्न, औषधी, लगायत अत्यावश्यक सामानहरुको कमी हुन नदिन सरकारले प्रयास गरिरहेको जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...