News Portal

साँझा बसले स्यानिटाइजर छर्केर मात्र सेवा दिने

हिमाली संचार संवाददाता
२७१ पटक

०४ चैत्र २०७६, काठमाण्डौ : नोवेल कोरोना भाइरसको त्रासले जोखिम न्यूनीकरणका लागि साँझा यातायातले सेवा शुरु गर्नु भन्दा पहिला बस भित्र स्यानिटाइजर छर्केर मात्र आफ्ना सेवा शुरु गरेको छ।

यात्रुहरुको सुरक्षाका निमित्त साँझा यातायातले स्यानिटाइजर छर्केर मात्र बसहरु आफ्ना रुटमा निस्कने गरेको साँझा यातायातका निमित्त प्रमुख, कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिएका छन्। 

साँझा यातायातका अनुसार यही चैत्र १ गत्तेदेखि हरेक दिन सबै बसहरु सफा गरेर, स्प्रे छर्केर मात्र सार्वजनिक सेवाका लागि रुटमा निस्कने र खचाखच यात्रु नभर्ने गरी सेवा दिएका छौ। यात्रुहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यही अनुसार स्यानिटाइज गर्दै आएका छौ।

पाण्डेका अनुसार स्वास्थ्य विभागले जारी गरेको र हामी आफैले पनि तयार पारेको पर्चा, पम्पपेलेट स्वास्थ्य सम्बन्धी सूचना प्रवाह गरेका छौ। बसका चालक र परिचालकलाई स्वास्थ्य परीक्षण गरेर मात्र काममा लगाउने साथै माक्स लगाएर मात्र काममा लगाउने गरिएको छ। 

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...