News Portal

कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

हिमाली संचार संवाददाता
४४७ पटक

इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

एकै दिनमा कोरोनाले ६ सय ८२ जनाले ज्यान गुमाएका छन्। इटालीमा विगत २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै इरानमा थप १ सय १३ जनाको ज्यान गएको छ। त्यस्तै स्पेनमा ९६ जनाको मृत्यु भएको छ।

उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो।

फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन्। यसैबीच इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको छ। थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ।

त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा थप १ हजार २ सय ९ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ।

त्यस्तै जर्मनीमा आइतबार मात्रै थप १ हजार २ सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ। जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २/२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा १/१ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ६ सय ८२ को मृत्यु भएको छ भने थप १२ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ। कोरोनाको संक्रमणबाट १ लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...