News Portal

विश्व बौद्ध सम्मेलनको समितिमा गायक धीरज राई

हिमाली संचार संवाददाता
३०४ पटक

३ चैत्र २०७६ 

काठमाण्डौ। नेपाल सरकारले आगामी बर्ष लुम्बिनीमा गर्न लागेको विश्व बौद्ध सम्मेलन आयोजना गर्दै छ। आयोजित कार्यक्रमको मुल समारोह समितिको सदस्यमा गायक धीरज राईलाई नेपाल सरकारले नियुक्त गरेको छ। नेपाल भ्रमण बर्ष सन् २०२० सफल पार्नका लागि लक्षित कार्यक्रम बि.स. २०७७ बैसाखमा बुद्ध जयन्तीको अबसरमा उक्त कार्यक्रम नेपाल सरकारले गर्न लागेको हो। 

पर्यटन मन्त्री योगेश भट्टराई अध्यक्ष रहने समितिको सल्लाहकारमा  प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । बौद्ध सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई निमन्त्रणा दिने नेपाल सरकारको तयारी रहेको छ। 

गायक धीरज राईले विगत १२ बर्षदेखि विश्वमा भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी नेपाल हुनु पर्नेमा अन्यथा भएको हुनाले यस्ता भ्रमचिर्न विश्वका विभिन्न ठाउबाट भगवान गौतम बुद्धको जन्मस्थानको वास्तविक जानकारी दिने अभियानमा छन् । भर्खरै मात्र नेपाल सरकारले गायक धीरज राईलाई लुम्बिनी विकास कोषको सद्भावना दूत समेत नियुक्त गरेको थियो। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...