News Portal

कुटपिटमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ

हिमाली संचार संवाददाता
४३० पटक

काठमाडौं – महानगरीय प्रहरी बृत्त गौशालाले कुटपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

कुटपिट र लछारपछारमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ गरिएको डिएसी सिंहले बताए । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।

केहीदिन अघि युट्युवरहरुको समूहले पुण्य गौतम नाम गरेका ब्यक्तिलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो ।  आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेहेको प्रहरीको भनाई छ ।

पछिल्लो समय कतिपय युट्युवरले आफूलाई पत्रकार दावी गर्दै घरायसी घर झगडाको भिडियो बनाएर युट्युवमा अपलोड गर्दै आएका छन् । सामुहिक रुपमा युट्युवर किन यसरी कुटपिटमा उत्रिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...