News Portal

साउदी अरबबाट सञ्जयकुमार मण्डलको उद्दार

हिमाली संचार संवाददाता
३४२ पटक

काठमाडौं ३०, २०७६ फागुन : साउदी अरेबियाबाट सुनसरीका सञ्जय कुमार मण्डलको उद्दार भएको छ। न्यूज २४ टेलिभिजनले बाबु शम्भू मण्डल पछिल्लो तीन महिनादेखि रोजगारीका लागि साउदी पुगेका आफ्नो छोराको उद्दारका लागि बैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय धाइरहेका गतिविधिलाई प्रस्तुत गरेका थियो।

मेनपावर र वैदेशिक रोजगार विभाग धाउदाधाउदा थाकिसकेका शम्भू मण्डलले १७ पटक छोराको उद्दारका लागि श्रम मन्त्रालय पुगेको चिट टेलिभिजनलाई देखाएका थिए।

तर, गत आइतबार भने शम्भू मण्डल आफ्नो छोरा सञ्जय मण्डललाई लिएर टेलिभिजनको कार्यालय आए। शनिबार मात्र सञ्जय मण्डलको साउदीबाट उद्दार भएको हो।

टेलिभिजनले कार्यक्रममा रिपोर्ट प्रस्तुत गरेपछि बैदेशिक रोजगार विभागका कर्मचारीले किन टेलिभिजनमा गएको ? भनेर उल्टो शम्भू मण्डललाई प्रश्न गरेका थिए।

अहिले बैदेशिक रोजगार विभागले सञ्जय मण्डललाई साउदी पठाउने जिया ईन्टरनेश्नल मेनपवारको खाता रोक्का गरेको छ। विभागले खाता रोक्का गरेपछि मेनपावर व्यवसयीले शम्भू मण्डल र उनका छोरा सञ्जयलाई मिलापत्र गर्न बोलाइरहेको छ।

तर, उनीहरु भने साउदी जाँदा बुझाएको डेढ लाख, उद्दारका लागि भनेर दिएको ७० हजार र काठमाडौं बस्दाको खर्च गरी दुई लाख रुपैयाँ नपाएसम्म मिलापत्र नगर्ने बताइरहेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...