News Portal

साउदी अरबबाट सञ्जयकुमार मण्डलको उद्दार

हिमाली संचार संवाददाता
३८२ पटक

काठमाडौं ३०, २०७६ फागुन : साउदी अरेबियाबाट सुनसरीका सञ्जय कुमार मण्डलको उद्दार भएको छ। न्यूज २४ टेलिभिजनले बाबु शम्भू मण्डल पछिल्लो तीन महिनादेखि रोजगारीका लागि साउदी पुगेका आफ्नो छोराको उद्दारका लागि बैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय धाइरहेका गतिविधिलाई प्रस्तुत गरेका थियो।

मेनपावर र वैदेशिक रोजगार विभाग धाउदाधाउदा थाकिसकेका शम्भू मण्डलले १७ पटक छोराको उद्दारका लागि श्रम मन्त्रालय पुगेको चिट टेलिभिजनलाई देखाएका थिए।

तर, गत आइतबार भने शम्भू मण्डल आफ्नो छोरा सञ्जय मण्डललाई लिएर टेलिभिजनको कार्यालय आए। शनिबार मात्र सञ्जय मण्डलको साउदीबाट उद्दार भएको हो।

टेलिभिजनले कार्यक्रममा रिपोर्ट प्रस्तुत गरेपछि बैदेशिक रोजगार विभागका कर्मचारीले किन टेलिभिजनमा गएको ? भनेर उल्टो शम्भू मण्डललाई प्रश्न गरेका थिए।

अहिले बैदेशिक रोजगार विभागले सञ्जय मण्डललाई साउदी पठाउने जिया ईन्टरनेश्नल मेनपवारको खाता रोक्का गरेको छ। विभागले खाता रोक्का गरेपछि मेनपावर व्यवसयीले शम्भू मण्डल र उनका छोरा सञ्जयलाई मिलापत्र गर्न बोलाइरहेको छ।

तर, उनीहरु भने साउदी जाँदा बुझाएको डेढ लाख, उद्दारका लागि भनेर दिएको ७० हजार र काठमाडौं बस्दाको खर्च गरी दुई लाख रुपैयाँ नपाएसम्म मिलापत्र नगर्ने बताइरहेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...