News Portal

कोरोना त्रास, कुवेत सरकारले १४ दिनको सार्वजनिक विदा

हिमाली संचार संवाददाता
३१३ पटक

कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ।

कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान यही शुक्रवार देखि लागु हुने गरी रद्द गर्दै दुइ हप्ताका लागि सार्वजनिक विदा दिने निर्णय गरेसंगै कुवेतबाट उडान हुने कुनै पनि उडान, कार्गो उडान अर्को सूचना जारी नभए सम्मको लागि रोकेको छ। 

कुवेत सरकारका सरकारी अधिकारीका अनुसार मार्च १२ तारीख विहिबार देखि मार्च २६ तारीख सम्म सार्वजनिक विदा दिने कुवेत सरकारले धोषणा गरेको हो। 

अधिकारीका अनुसार मार्च २७ तारीखदेखि पुन: विधिवत रुपमा सञ्चालन हुने जनाएको छ। कुवेत सरकारका अधिकारीका अनुसार अत्यआवश्यक महत्वपूर्ण सेवा प्रदायक संस्थाहरु बाहेक पूर्णरुपमा सबै निकायहरु बन्द रहने जनाएको छ। नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण कुवेत सरकारले यस्तो निर्णय लिएको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...