News Portal

  • जनतासँग चिया कार्यक्रम गरेपछि रंगेली प्रहरी मुद्दामा कमी, प्रहरी परिसर सुनशान

    रबिन्द्र बराल
    १९० पटक

    २८ फाल्गुन २०७६

    मोरङ। ईलाका प्रहरी कार्यलय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरे पछि पुर्वि माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुनथालेको छ । 

    ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो माहातहत्मा रहेका  स्थानीय तहमा गएर जनतासँग चिया प्रहरी कार्यक्रम गरेपछि बिगतका दिनहरु भन्दा अहिले अपराधीकका घटनाहरुमा कमि आउन थालेको छ। 

    प्रहरीले  गाउँघर चाेक-चाेक गएर अशिक्षित तथा मध्यमबर्गका स्थानीयहरुलाई शान्ति सुरक्षा, अपराधका घटना, बलत्कार, चेलिबेटी बेचबिखन , लागुऔषध लगायतका  बिषयमा जनचेतनामूलक  कार्यक्रमहरु गााउँमै पुगेर जनतासंग चिया कार्यक्रम सञ्चालन गरे पछिल्लो समयमा ईलाका प्रहरी कार्यलय रंगेलीमा हरेक मुद्धामा कमि आएको छ । 

    रंगेली प्रहरीमा गत  बर्षमा  शिक्षा ऐन, चाेरी, अवद्रह ब्यवहार, मानव ओसारपोसार, जवरजस्ति करणी लागायतका  २ सय १० जना बिरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरेकाे थियोे ।  यस बर्षकाे असार मसान्त देखि हाल सम्ममा सवारी दुर्घटना,आगजनी, कुटपिट लगायत गरि ७६ जना बिरुद्ध मुद्दा दर्ता  गरिएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।    

    बिगतका दिनहरुमा ईलाका प्रहरी कार्यलयमा रहेको थुनुवा कक्षमा भरिभराउ थुनुवाहरु  हुने गरेता पनि पछिल्लो समयमा भने थुनुवाहरु समेत एक दुई जना मात्रै रहेको छन । बिगतका दिनहरुमा प्रहरी कार्यलयमा मुद्दा मामिला मिलाउन राजनीतिक दलका  कार्यकर्ता देखि बुद्धिजीवी, समाज सेवि हरु समेत प्रहरीमा धाउने गरेता पनि अहिले भने  त्यसमा कमि समेत आएको छ ।  पिडित का आफन्तहरु स्वयंमै प्रहरी प्रमुखलाई भेटने र आफै सबै कुरा खुलेरै बताउन थाले पछि राजनीतिक दलका कार्यकर्ता  आवतजावतमा समेत कमि आएको छ ।

    जनातासंग प्रहरी कार्यक्रमका कारणले समेत सामुदायिक प्रहरी समेत अहिले मुद्दा मामिला समेत कम आउन थालेको सामुदायिक प्रहरीका अध्यक्ष मचिन्द्र कटुवालले बताए । ईलाका प्रहरी कार्यलयले रंगेली  नगरपालिका, घनपालथान गाउँपालिका र सुनबर्सि नगरिपालीकामा गइ जनतासंग प्रहरी कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...