News Portal

पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

हिमाली संचार संवाददाता
३३१ पटक

बारा २५, २०७६ फागुन : बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन्।

गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेका हुन्।

२०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए।

साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए।

अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्न थालेपछि खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एक महिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो।

बाराको पिपरा गाउँबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो।

साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेललगायत दुई जनालाई यस अघि नै प्रहरीले पक्राउ गरिसकेको थियो।

१२ बर्षपछि पक्राउ परेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन्।

स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाता थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...