News Portal

मलाई त ठीक छ, मामालाई कस्तो छ? समीक्षा संग्रौला

हिमाली संचार संवाददाता
३५८ पटक

२५ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मृगौला दान गरेकी समीक्षा संग्रौलाले प्रमको स्वास्थ्य स्थितिमा चासो व्यक्त गरेकी छन् ।

आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएकी समीक्षाले मामा (प्रधानमन्त्री)लाई कस्तो छ भनेर प्रश्न गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

आइतबार बिहान अस्पतालमा भएको भेटमा समीक्षाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेको रिमालले ट्विट गरेर जानकारी दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधेः कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ? एकपटक मामालाई भेट्न मन लागेको छ। मैले भने, तपाईँ पहिलो भिजिटर हुनुहुनेछ। आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए’, रिमालले ट्विट गरेका छन्। 

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...