News Portal

मलाई त ठीक छ, मामालाई कस्तो छ? समीक्षा संग्रौला

हिमाली संचार संवाददाता
३९९ पटक

२५ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मृगौला दान गरेकी समीक्षा संग्रौलाले प्रमको स्वास्थ्य स्थितिमा चासो व्यक्त गरेकी छन् ।

आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएकी समीक्षाले मामा (प्रधानमन्त्री)लाई कस्तो छ भनेर प्रश्न गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

आइतबार बिहान अस्पतालमा भएको भेटमा समीक्षाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेको रिमालले ट्विट गरेर जानकारी दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधेः कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ? एकपटक मामालाई भेट्न मन लागेको छ। मैले भने, तपाईँ पहिलो भिजिटर हुनुहुनेछ। आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए’, रिमालले ट्विट गरेका छन्। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...