News Portal

नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा पुनः अधिकारी चयन

हिमाली संचार संवाददाता
५०९ पटक

धादिङ २४, २०७६ फागुन : नेपाल प्रेस युनियन धादिङले आफ्नो नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ। युनियनको आठौं अधिवेशनले केन्द्रिय सदस्य डा.मुरारी अधिकारीको संयोजकत्वमा संस्थापकद्वय सिताराम वर्मा र राजेन्द प्रताप शाह रहेको सिफारिस समिति गठन गरेको थियो। समितिले सबैसँग सरसल्लाह गरि नेतृत्वको घोषणा गरेको हो।

समितिका संयोजक डा. अधिकारीका अनुसार युनियनको अध्यक्षमा पुनः पोषनाथ अधिकारीलाई चयन गरेको छ। अधिकारी कान्तिपुर टेलिभिजनका उपसम्पादक हुन्। यसै गरि उपाध्यक्षमा कृष्ण शिशिर र महिला उपाध्यक्ष गोमा थापा चयन भएका छन्।

शिशिर रेडियो धादिङ र दिव्यदर्शन टेलिभिजनमा अनुभव लिनुको साथै कुशल उद्घोषक पनि हुन्। उनी यस अघि पनि युनियनको उपाध्यक्षकै जिम्मेवारीमा थिए।

त्यसै गरि अर्का उपाध्यक्ष थापा पिजन खबरका सम्पादक र सगरमाथा टेलिभिजनका धादिङ प्रतिनिधि हुन्। उनी यसअघि युनियनका सचिव रहिसकेकी छिन्।

त्यसैगरि सचिवमा रहेका मनिष दुवाडी अन्नपूर्ण पोष्ट र एपी वान टेलिभिजनमा कार्यरत छन्। उनी यसअघि युनियनको कोषाध्यक्षको जिम्मेवारी समालिसकेका छन्।

कार्यसमितिको सहसचिवमा रहेका सन्तोषराज श्रेष्ठ जनता टेलिभिजनमा कार्यरत छन्। त्यस्तै कोषाध्यक्षमा रहेकी दिपा अधिकारी रेडियो धादिङको समाचार वाचनको अनुभव लिइसकेकी छिन्।

यसै गरि कार्यसमितिको सदस्यहरुमा मोहनबहादुर कडेल, प्रमोद भट्ट, सीता सापकोटा, मनिष श्रेष्ठ, विश्वदीप डल्लाकोटी, सरिता नेपाली र कल्पना श्रेष्ठ रहेका छन्।

नेपाल प्रेस युनियनको आगामी चैत २१ गते हुने केन्द्रिय निर्वाचन तथा महाधिवेसनमा भाग लिन १४ सदस्यीय पार्षद पनि सर्वसम्मतले छनौट गरिएको छ।

पार्षदहरुमा प्रेस स्वतन्त्रता सेनानी सीतारामप्रसाद बर्मा, नेपाल पत्रकार महासंघका जिल्ला पुर्व सभापती राजेन्द्रप्रताप शाह, दीपक कोइराला, सीता अधिकारी, कृष्ण शिशिर, काजी श्रेष्ठ, मनिष दुवाडी, मोहनबहादुर कडेल, प्रमोद भट्ट, गोमा थापा, हरि सिलवाल, दीपा अधिकारी, रीता लम्साल र शिखा श्रेष्ठ छनोट भएका छन्।

नवगठित पदाधिकारीहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिती धादिङले स्वागत तथा सफलताको शुभकामना दिएको छ। नेपाल प्रेस युनियनको नवगठित कार्यसमितीलाई नेपाली कांग्रेस जिल्ला कार्य समितीका सभापती रमेश धमला र उपसभापति भक्त लामाले स्वागत तथा वधाई दिनु भएको थियो।

उक्त स्वागत कार्यक्रममा प्रजातान्त्रिकधारका पत्रकारहरुलाई संचारमाध्यममा टिकाई राख्न विभिन्न मिडिया हाउसहरुको प्रबर्द्धन गर्नुपर्ने कुरामा जोड दिईएको थियो।

तस्वीर : पिजनखवर

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...