News Portal

टिपर आतंक : फेरी एक जनाको मृत्यु

हिमाली संचार संवाददाता
४४६ पटक

पाल्पा -सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा टिपरले तानसेन नगरपालिका–७, लामीडाँडामा मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट मधुका श्रीमान् मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ घाइते भएका छन् । तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिएको हो । टिपरले ठक्कर दिएपछि घाइते भएकी मधुलाई उपचारका लगि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए ।

घाइते श्रेष्ठको मेडिकल कलेजमै उपचार भइरहेको छ । टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वी काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...