News Portal

टिपर आतंक : फेरी एक जनाको मृत्यु

हिमाली संचार संवाददाता
४८९ पटक

पाल्पा -सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा टिपरले तानसेन नगरपालिका–७, लामीडाँडामा मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट मधुका श्रीमान् मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ घाइते भएका छन् । तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिएको हो । टिपरले ठक्कर दिएपछि घाइते भएकी मधुलाई उपचारका लगि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए ।

घाइते श्रेष्ठको मेडिकल कलेजमै उपचार भइरहेको छ । टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वी काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...