News Portal

प्रम ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण सफल, अब चार वटा मृगौला भए

हिमाली संचार संवाददाता
५०० पटक

२२ फागुन २०७६

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार दोस्रो पटक सफल मृगौला प्रत्यारोपण महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा विहान १० बजे शल्यक्रियाकक्षामा लगिएको प्रम ओलीको प्रत्यारोपण ३ बजे सकिएको अस्पतालले जनाएको छ। 

मृगौला प्रत्यारोपणमा १६ चिकित्सक सहभागी भएका थिए। प्रत्यारोपण शल्यचिकित्सक प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. अन्नत कुमार,पवन चालिसे, सुमन चापागाई र सुजित पौड्याल रहेका थिए। प्रत्यारोपण चिकित्सा टोलीमा प्रा. दिव्य शाहसहिकतको ६ जना चिकित्सक तथा एनेस्थीसिया तथा क्रिटिकल केयर ४ जना चिकित्सक रहेका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन।

त्रिवि अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री केपी शर्मा ओली ९ औ विरामी हुन। प्रधानमन्त्रीलाई मृगौला दान गर्नु हुने वहाँको भाञ्जी समीक्षा संगौलाको स्वास्थ्य अबस्था पनि सामान्य रहेको छ। प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको नेतृत्व प्रा. डाक्टर प्रेमराज ज्ञावलीले गरेका थिए। उनका अनुसार ओलीको शरीरमा चारवटा मृगौला भएका छन्। वहाँको आफ्नै दुइवटा भए। एउटा मृगौला १२ बर्ष अधि भारतमा लगाएको भयो। अहिले लगाएको चौथो हो। 

ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अन्नतकुमार अर्का एक मृगौला रोग विशेषज्ञ मंगलवार भारतबाट आएका थिए। त्रिवि शिक्षण अस्पतालले सफल प्रत्यारोपण भएको जनाएको छ। 

अन्तराष्ट्रीय मापदण्डअनुसार मृगौला प्रत्यारोपण गरिसके पछि मृगौलाले एक बर्ष सम्म काम गर्ने तथ्याङ ९५ देखि ९६ प्रतिशत हुन्छ भने त्यसलाई मृगौला प्रत्यारोपणको सफलतापूर्वक प्रत्यारोपण भएको मानिन्छ। त्रिवि शिक्षण अस्पतालको सम्बन्धमा ९८ दशमलव ७ प्रतिशत रहेको युरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले बताएका छन्।

 प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार मृगौला प्रत्यारोपण गर्दा लिने-दिने उमेरको प्रभाव हुन्छ। मृगौला प्रत्यारोपण गर्दा मृगौला दिने र मृगौला लिनेको उमेरले पनि असर गर्दछ। मृगौला लिने र दिनेको उमेरको अन्तर ५/१० बर्षको अन्तर भयो भने मृगौला बढी म्याच गर्दछ। अहिले सम्म मृगौला दिनेको उमेर कम देखिन्छ। 

ब्रेन डेथ भएको मान्छेको मृगौला प्रत्यारोपण गर्न सकिन्छ तर नेपालमा यस्तो अभ्यास गर्न सकिएको छैन। मृगौला दिने व्यक्ति स्वास्थ्य रहेका हुनुका साथै भविष्यमा आफैलाई मृगौलाको रोग सम्भावना रहेको हुनु हुदैन भने  करिब ६०/७० बर्षको उमेर समुह सम्मको मृगौला लिन सकिन्छ। त्यस्ता डोनरलाई “मार्जिनलाइज डोनर” भनिन्छ तर उत्तम डोनर मानिन्दैन। 

मृगौला लिनेलाई उमेर समुहले रोक्दैन। नेपालको सन्दर्भमा ५ बर्षदेखि ७० बर्ष उमेरको विरामीको प्रत्यारोपण गरेको पाईन्छ। भारतमा ९३ बर्ष उमेरको उमेरमा पनि मृगौला प्रत्यारोपण गरेक छन् यस सन्दर्भमा उमेर ज्यादा भयो भन्दैमा सबै अंगहरु कमजोर हुन्छन् भन्ने होइन। विरामीको शारीरिक अबस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। 

त्रिवि शिक्षण अस्पतालको सन्दर्भमा अहिले सम्म सबै भन्दा कम उमेर ८ बर्ष र सबै भन्दा बढी उमेर ७५ बर्षसम्मको सफल मृगौला प्रत्यारोपण गरिएको छ। प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार नेपाल भित्र करिब एक हजार पाँच सय मृगौला प्रत्यारोपण भएको छ। जस मध्ये त्रिवि शिक्षण अस्पतालले मात्र सात सय सफल प्रत्यारोपण गरिएको तथ्यांक रहेको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...