News Portal

तपाइको राशिफल : आज २०७५ साल भाद्र १० गते आइतवार, तदअनुसार अगष्ट २६, २०१८

हिमाली संचार संवाददाता
६७४ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष : शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाईको सहयोग मिल्नेछ ।

वृष : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

मिथुन : नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट : अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।

सिंह: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । जोश जाँगर र उमंग बढ्ला ।

कन्या : शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

तुला : नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

वृश्चिक : सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

धनु : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

मकर : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । भूमि लाभ रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ : दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । रमाइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन : झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यात्रा गर्दा सचेत हुनुपर्नेछ । यात्रामा मालसामान हराउन सक्छ ।

प्रतिकृया दिनुहोस्

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...