News Portal

टिपर आतंक : एकै परिवारका दुईजनाको मृत्यु

हिमाली संचार संवाददाता
२९९ पटक

काठमाडौं -टिपरको ठक्करबाट विराटनगर– १९ मिलनचोकमा एकै परिवारका दुईजनाको मृत्यु भएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक १८ घण्टापछि खुलेको छ ।

मंगलबार राति विराटनगर– १९ मिलनचोकमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कदै गरेका बाबुराम सरदार र उनकी ६ वर्षकी नातिनी आरोही सरदार सवार अटोलाई टिपरले ठक्कर दिएको थियो ।

विराटनगरको घिनाघाट– विराटचोक सडक खण्डको मिलनचोकमा को १ ख २९१७ नम्बरको टिपरले मिलचोकबाट झोराहाट तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिँदा चालक बाबुराम र उनकी नातिनी आरोहीको घटनास्थलमै मृत्यु भएको थियो ।

मत्युपछि आक्रोशित बनेका स्थानीयले मंगलबार राति नै टिपरमा आगजनी गरी सडक अवरुद्ध बनाएका थिए ।

मंगलबार साँझ नातिनीलाई लिएर बाबुराम सालीको छोरीको विवाहमा पुगेका थिए । विवाहबाट राति करिब नौ बजे उनी घरतर्फ फर्किएका थिए ।

मिलनचोकका दुर्घटनाको आवाज सुनेपछि स्थानीय घटनास्थल पुगेका थिए । त्यतिबेला बाबुराम र उनकी नातिनीको शव विभत्स अवस्थामा देखिएको स्थानीय चन्द्रनारायण सरदारले बताए ।

बाबुरामले केही महिनाअघि मात्र अटो खरिद गरेका थिए । बिहेमा जाने भनेपछि जेठी छोरीकी छोरी आरोही उनीसँग आएकी थिइन् । तीब्र गतिमा विराटनगरतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएका कारण हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

छिमेकी अनिरुद्र सरदारका अनुसार आरोही कक्षा १ मा पढ्दै थिइन् । उनका बुबा किरण काठ मिलमा काम गर्छन्, आमा सविता भने गृहिणी हुन् ।

आक्रोशित स्थानीयले मंगलबार राति नै टिपरमा आगजनी गरी सडक बन्द गरेका थिए । प्रहरीले स्थानीयको अवरोधका बाबजुद मंगलबार राति करिब २ बजे शव उठाएर अस्पताल पुर्‍याएको थियो ।

स्थानीयले बुधबार विहानैदेखि दिउँसो तीन बजेसम्म विराटचोक– घिनाघाट सडकको मिलनचोक खण्डमा मोटरसाइकल समेत सञ्चालन हुन दिएनन् ।

स्थानीय प्रशासनमा भएको छलफलपछि दिउँसो आफन्तले शव बुझेका छन् । आफन्तले शव बुझेपछि सडकको जाम खुलेको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...