News Portal

रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्याे (फोटोफिचर)

रबिन्द्र बराल
३३४ पटक

मोरङ। माेरङकाे रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई निशुल्क कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको छ। नगरपालिकाकाे सभाहलमा एककार्यक्रमकाे आयोजना गर्दे   अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको हाे।

नगरपालिकाले अपांगहरुलाई हुईल्चियर, कृतिम हातखुट्टा, बैशाखी, बेड, लगायतका सामाग्रीहरु वितरण गरेको थियो । नगरपालिकाले दुई महिना अगाडि अपांगहरुकाे स्वास्थ्य चेकजाँच गरेसंगै हातखुट्टा नभएका व्यक्तिहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने जानकारी दिएको थियो।

सि.बि.आर बिराटनगरकाले दुई महिना अगाडि  दिएकाे आश्वासन पूरा गरेको  स.बि.आर’का प्रवन्धक रञ्जना दाहालले बताए । रंगेली नगरपालिकाले ९ लाख तथा सि.बि.आर बिराटनगरकाे १ लाख रुपैयाँको सहयोगमा ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा राख्न सहयोग गरिएको कार्यकारी  अधिकृत टाेम प्रसाद सुवेदीले जानकारी दिएको हो ।

सि.बि.आर बिराटनगरकाे प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुकाे लागि नाप जाँच तथा चेकजाँच लिएर कृतिम हातखुट्टा प्रत्यारोपण गरेको हाे । कार्यक्रमकाे प्रमुख अतिथि  रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, बिषिष्ट अतिथि कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, अतिथिहरुमा बडा अध्यक्ष रामचन्द्र मंन्डल, वडाका प्रतिनिधि, बुद्धिजीवी लागायतकाे समेत उपस्थिति रहेको थियोे ।

बगडियाले  भने नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हातखुट्टा हुईलच्यर जस्ता सामग्री आफ्नै लगानीमा वितरण गर्ने साथै अरु थप अपांगहरु भएमा पहिचान गरी  उनीहरुलाई समेत कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने  प्रतिबद्धता समेत व्यक्त गरेका छन । 

नेपाल सरकारले अपांगहरुलाई चार खण्डमा विभाजन गरेको छ । राताे कार्ड भएका ब्यक्तिहरुलाई पुर्णअपांग, निलाे कार्डलाई अतिअशक्त, पहेलाे कार्डलाई मध्यम र सेताे कार्ड भएका अपाङलाई सामान्य अपाङ भनेर वर्गीकरण गरेको छ। रंगेली नगरपालिका भित्रमा करिब छसय अपांगहरु रहेका छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...