News Portal

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई झापाली युवाहरुद्वारा सहयोग

    हिमाली संचार संवाददाता
    ४१४ पटक

    झापा– धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरतामा चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि झापाली युवाहरू सहयोग जुटाउन सक्रियतापुर्वक खटिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्न ३ अरबभन्दा बढी खर्च लाग्ने र सो अभियानमा झापालीहरुको पनि योगदान हुनुपर्छ भन्ने सोच राखेर झापा जिल्लाको गरामनी क्षेत्रका युवाहरुले एक समिति गठन गरेर आर्थिक संकलन अभियान चलाएको अभियानका अध्यक्ष प्रदिपकुमार संग्रौला माइनसप्लसले बताएका छन् । गरामनीका युवाहरुको सकारात्मक सोचलाई मन पराएर अन्य जिल्लाका बासिन्दादेखि वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा पुगेका मात्रै होइनन्, युरोप, अमेरिका र दक्षिण कोरिया देशहरुबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको अभियान अध्यक्ष संग्रौलाले जानकारी दिएका छन् । अध्यक्ष संग्रौलाका अनुसार गरामनीबासीले स्वतस्फूर्त सहयोग गरिरहेको र झापाकै अन्य क्षेत्रहरुबाट पनि सहयोग गर्ने प्रतिबद्धता आउने क्रम जारी रहेको छ ।
    उनका अनुसार युएईबाट उल्लेख सहयोगको प्रतिबद्धता आएको र त्यसलाई एकत्रित गरी चितवन पुगेर धुर्मुस-सुन्तलीकै हातमा यो सहयोग हस्तान्तरण गर्ने समितिको योजना रहेको छ ।
    गरामनीका युवाहरु र अग्रजहरुको एक बृहत भेलाले एक आर्थिक सहयोग संकलन समिति गठन गरी र धुर्मुस-सुन्तली फाउन्डेसनबाट आधिकारिक पत्र पाएर यो अभियान सुरु गरिएको अर्थ संकलन अभियानका सचिव सोभित तिवारीले जानकारी दिएका छन् ।
    यो अभियानमा १०६ जनाले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् भने ६० जनाले आफुले कबुल गरेको रकम जम्मा गरिसकेका छन् । अहिलेसम्म करिब ८० हजार रुपैयाँ जम्मा भएको र आगामी फागुन २५ गतेसम्म प्रतिबद्धता गरिएका रकम संकलन गरिसक्ने समितिको योजना छ ।
    यो अभियानमा न्युनतम २ सय रुपैयाँ पनि सहयोग प्राप्त भएको छ भने अहिलेसम्मकै ठुलो सहयोग अमेरिकाबाट दिपक पाण्डेले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको अभियान अध्यक्ष संग्रौलाले जानकारी दिएका छन् ।

    को को छन् सहयोग संकलन समितिमा ?
    गरामनीका युवाहरु तथा अग्रजहरुको एक भेलाले चितवनमा बन्न लागेको रंगशालाको सहयोगार्थ प्रदीपकुमार संग्रौला माइनस प्लसको संयोजकत्वमा एक समिति सर्वसम्मत चयन गरेको थियो । लामो समयको वैदेशिक रोजगारीपछि नेपाल फर्किएर गाउँघरमै व्यावसायिक कृषिकर्म गरिरहेका सक्रिय युवा माइनसप्लस संग्रौलाले योभन्दा अगाडि डाेले आवास निर्माण, सिपमुलक तालिम लगायतका काममा आफ्नो सफलता प्रमाणित गरिसकेका छन् ।

    यो समितिको सचिवमा सोभित तिवारी, सहसचिवमा बिनोद उप्रेती, कोषाध्यक्षमा हरि बराल र सदस्यहरुमा सबिना संग्रौला, चिरञ्जीवी अधिकारी, उतम दाहाल, अशोक प्रसाईं, र कमल मैनाली रहेका छन् ।

    सोही भेलाले एक सल्लाहकार समिति पनि गठन गरेको थियो । उक्त समितिको प्रमुख सल्लाहकारमा उत्तम कटुवाल र सदस्यहरुमा भुपाल बुढाथोकी र रोहित ओली रहेका छन् । यस सल्लाहकार समितिका प्रमुख उत्तम कटुवालका अनुसार गरामनीका युवाहरुको सहयोगलाई उदाहरण मानेर सबै गाउँहरुबाट यसैगरी सहयोग जुटाउने हो भने रंगशाला निर्माण अझ सहज र छिटो हुने छ ।

    सहयोग संकलन समितिले सबै दाताहरुको अभिलेख चितवनमा बुझाउने र सामाजिक संजालमार्फत सार्वजनिक गर्ने बताएको छ । यो अभियानमा सहयोग गर्न चाहने इच्छुक मनकारी दाताहरुले अभियान अध्यक्ष प्रदिपकुमार संग्रौला र सचिव सोभित तिवारीको नाममा एक्सल डेभलपमेन्ट बैंकको एकाउन्टमा रकम जम्मा गर्न सकिने समिति अध्यक्ष संग्रौलाले बताएका छन् ।
    एक्सेल डेभलपमेन्ट बैंक.02101000120412000001
    थप जानकारीको लागि यो नम्बरमा सम्पर्क गर्न सकिनेछ । 9823033495

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

    काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल...

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख...

    विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज...

    भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

    काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण...

    क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राऊ, ४ लाखभन्दा बढी नगद र सयौं सीमकार्ड बरामद

    काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा...