News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धादिङमा राष्ट्रिय गौशाला निर्माणको लागि ज्ञान महायज्ञ

    हिमाली संचार संवाददाता
    १२९ पटक

    काठमाडौं १७, २०७६ फागुन : ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित् अमरावतीडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ को आयोजना गर्ने भएको छ।

    शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकद्धारा यस्तो जानकारी गराइएको हो। शिरोमणि पण्डित रामकृष्ण उपाध्यायको मुखारविन्दुबाट उक्त सप्ताह ज्ञान महायज्ञको वाचन हुने पनि आयोजकले जनाएको छ।

    आयोजक संस्थाकाअनुसार उक्त महायज्ञबाट एक करोड रुपैयाँ संकलन गरिने उद्देश्य राखिएको छ। महायज्ञ सफल बनाएर गौमाताको संरक्षणको लागि निर्माण गर्न लागिएको राष्ट्रिय गौशला निर्माणको लागि संघीय सरकार प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने अपिल आयोजकले गरेको छ।

    कार्यक्रममा ब्रम्हाण समाज धादिङ जिल्ला अध्यक्ष गंगादत्त तिमल्सिनाले यो पवित्र उद्देश्य राखेर सुरु गर्न लागिएको महायज्ञलाई सफल बनाउनको लागि सहयोगको अपिल गरे। उनले गौमाता, जन्ममाता, धर्तीमाताको संरक्षण गर्नुपर्नेमा जोड दिए।

    त्यस्तै, ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमितिका संयोजक पशुपति लम्सालले पनि सहयोगको अपिल गरेका थिए। उनले भने,‘मेरै संयोजकमा केन्द्रियमा तहमा पनि यो काम गर्छु। देशव्यापी रुपमा शाखा विस्तार गर्नतर्फ लाग्छु।

    कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफूले पनि यो अभियानलाई सफल बनाउनको लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए। ‘मिडियाबाट प्रचारप्रसार गर्छु।

    धादिङ मेरो जिल्ला हो। जन्मभूमि हो। म लागिपरेको छु। धादिङमा हुने हरेक पवित्र काममा मेरो साथ र सहयोग रहन्छ। यो अभियान सफल हुन्छ।’ उनले महायज्ञको सफलताको लागि शुभकामना पनि दिए।

    धादिङको विकास र समृद्धिको लागि आगामी दिनमा समेत निरन्तर सक्रिय हुने उनको भनाई छ। हिन्दुवादी एक हुनुपर्छ। ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति सदस्य भवननाथ अधिकारीले लोप हुन लागेको गौसंरक्षणको लागि हन्दिूवादीहरु एक हुनुपर्ने धारणा राखे।

    ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमितिका उपाध्यक्ष गुणनाथ नेपालले उक्त कार्यक्रम सफल बनाउनको लागि रिपोर्टर्स क्लबलगायत सबैलाई प्रचारप्रसार गरी सहयोग गरिदिन आग्रह गरे।

    कार्यक्रममा लाकुरीबोट आमा समूह, धादिङकी अध्यक्ष मेघा कुमारी घिमिरेले यो अभियान सफल हुने विश्वास दिलाईन्। उनले राम भट्टको अभियानमा सञ्चालन भएका अभियानहरु सफल भएको सुनाउँदै यो पनि सफल हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिईन।

    उनले भनिन्,‘उहाँकै नेतृत्वमा धादिङको मैदीमा मातातीर्थ आमा भवन सम्पन्न भयो। यो पनि सफल हुन्छ। उहाँले गरेका पु०यका अभियानहरु सफल भैरहेका छन्। हामी सबै जिल्लावासीको साथ छ।’

    कार्यक्रममा वाल्मिकी क्याम्पसका प्राध्यापक प्रकाशमणि लम्सालले पनि यो अभियान सफल बनाउनको लागि केन्द्रबाट भरपुर सहयोग गर्ने वचनबद्धता जनाए।

    कार्यक्रम सञ्चालन तथा उक्त अभियानका संयोजक राम भट्टले ७७ वटै जिल्लामा गौशला निर्माण गर्न महायज्ञ लगाउने घोषणा गरे। २०७७ सालभित्र हामी यो अभियान सफलताका साथ सम्पन्न गर्छौं, उनले भने।

    प्रतिकृया दिनुहोस्

    रोशनी शाहीको मृत्यु : न्याय खोज्दाको अन्तिम यात्रा यहीं टुंगियो

    काठमाडौं, जेठ ११ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित एक डेराबाट आइतबार दिउँसो एक महिला मृत...

    ओलीको खुलासा : ‘३२ अर्बको हल्ला प्रचण्डको डिजाइन, माधव–झलनाथको समर्थन’

    काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित...

    तीनकुने प्रदर्शन प्रकरण : ६५ जनामाथि मुद्दा दायर, दुर्गा प्रसाईं, रवीन्द्र मिश्रलगायत ११ जना अझै फरार

    काठमाडौं, जेठ ११ – चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले राजनीतिक तथा सामाजिक...

    काठमाडौँमा एमालेको शक्ति प्रदर्शन गर्न ओलीको निर्देशन

    काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई...

    रवि लामिछानेको थुनासम्बन्धी आदेशमा सर्वोच्चको संशोधन : सामान्य त्रुटि सच्याउन विशेष पेसी

    काठमाडौं, जेठ ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको...