आज : २०२६-०६-०८, सोमबार

जिन्दगीका पिडा बटुली काहानी बनाउॅंनु छ

जिन्दगीका पिडा बटुली काहानी बनाउॅंनु छ,
न चाहानेलाई पनि अब चाहानी बनाउॅंनु छ।

अरे हेर्नुहोस् उसको पत्थर जस्तो त्यो मन,
सुन्दा आखामा टिलपिल पानी बनाउॅंनु छ।

केही गरि नदुख्ने रहेछ कसैलाई हिजोआज,
शब्द शब्दले कटक्क मुटू खानी बनाउॅंनु छ।

दिमाग दिल धड्कणबाट निस्केको उहिले नै,
एक मलाई एक संसार छोडी जानी बनाउॅंनु छ।

भुल्न सक्दिनॅं भन्थ्यो अचेल खै कसरी भुल्यो,
मरेर उसका यादहरू सॅंगसॅंगै लानी बनाउॅंनु छ।।

✍🏻पुष्पा ओली “भाबुक”
नेपालगन्ज-बाँके
हाल : कुवेत

यो पनि पढ्नुहोस।

दुख्ख सुख्खमा साथ दिँदै आएकी छु..