News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नयाँ बर्षपार्क समितिको आयोजनामा भाद्र १९ मा तिज महोत्सव तथा तीज गीत प्रतियोगिता हुने

    हिमाली संचार संवाददाता
    ६७९ पटक

    राजु बोहरा–काठमाडौँ । राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बर्षपार्क समितिले आज राजधानीको दरबार रोधी घरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ यहि आउँदो भाद्र १९ गते राष्टिय नाचघरमा सम्पन्न हुने तेश्रो मौलिक तिज महोत्सव तथा तीज गीत प्रतियोगिता २०७५ को बारेमा सम्पूर्ण जानकारी सार्बजनिक गरेको छ ।  यस समितिले बिगत २ बर्ष यता उक्त कार्यक्रम निकै भव्यताका साथमा सम्पन्न गर्दै आएको छ र यो भने तेश्रो कार्यक्रम हो ।

    नेपाली लोक तथा दोहोरी गीत, त्यसमा पनि मौलिक रसहरु हराउनान् कि भन्ने चिन्ताका साथमा आयोजना हुँदै आएको उक्त मौलिक तिज महत्सव तथा तीज प्रतियोगिता २०७५ मा प्रतिष्ठान भित्र कै ९ वटा समितिबाट जम्मा ५-५ जनाको समुहले भाग लिन पाउनेछन् । समितिले उक्त कार्यक्रममा भाग लिन प्रत्यक समिले फारम सुल्क रु ६,६६६ बुझाउनु पर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    नेपाली गीत संगीतको क्षेत्रमा सुनौलो भबिस्य खोज्दै काठमाडौँ भित्रिने नव कलाकारहरुको पहिलो गन्तब्यको रुपमा रहेको नयाँ बसपार्क समिति २०७० मा उपत्यका समन्वय समितिको मातहतमा रहनेगरी स्थापना भएको हो । यस समितिले गत दिनहरुमा पनि विभिन्न रचनात्मक दवाब मुलक तथा सन्देशमुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । समितिले तेश्रो मौलिक तिज महत्सव तथा गीत प्रतियोगिता सम्पन्न गर्दा मौलिक गीत संगीतको संरक्षण र प्रबर्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।

    उक्त कार्यक्रम सम्पन्न गरी खर्च कटाएर बाँकी रहेको रकम नयाँ बसपार्क क्षेत्रमा क्रियासिल दोहोरी साँझका कलाकारहरु मध्य एकलाई दशकको उत्कृष्टको रुपमा सम्मान गरिने र उपत्यका समन्वय समिति कलाकार अक्षयकोषको पनि निर्माण गरिने भएको छ । साथै केन्द्रीय समितिको मातहतमा संचालित कलाकार कल्याणकारी कोषलाई केहि रकम हस्तान्तरण गरिने कुरा पनि यस समितिका अध्यक्ष रमेश बाबु थापा मगरले पत्रकारहरुलाई जानकारी गराएका छन् ।

    तीज गीत प्रतियोगितमा सहभागी भएर प्रथम हुने समुहले नगद रु ३३,३३३ दोश्रो हुनेले नगद रु २२,२२२ र त्रितिय हुनेले सम्मान सहित नगत रु ११,१११ प्राप्त गर्नेछन् ।

    समिति भित्र अध्यक्ष रमेश बाबु थापा मगर, प्रथम उपाध्यक्ष दिनेश क्षेत्री, द्दितीय उपाध्यक्ष अन्चल शाही, सचिब राम गगन, कोषाध्यक्ष सुनिला गुरुङ, सहसचिब सुबास थापा, सहकोषाध्यक्ष चिनु घर्ति मगर, सदस्यहरु दिपक थापा मगर, आशिष बि.सी, कुमारी चेपांग, प्रकाश गौतम, समिता श्रेष्ठ, रमेश बाबु, बाला दुरा, टिका तारामी मगर, सरिता छन्त्याल, कमल सिंह झाक्री मगर, ज्ञानु घर्ति मगर, रुपी सिंजाली, प्रकाश दुतराज, अनुजा पुडासैनी, रबिन थापा इश्वरी राना मगर, लक्ष्मी बुढा मगर र कृष्ण बि.सी रहेका छन्  ।

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...