News Portal

पञ्चायतको बृहत् विज्ञान प्रदर्शनीको उद्घाटनमा विद्यार्थीले तयार पारेको रोवटले रिबन काट्ने

हिमाली संचार संवाददाता
४३७ पटक

मोरङ-पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ ।
सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको रोवट र ड्रोनको प्रयोग गरि रिवीन काट्ने र पुष्प वर्षा गर्दै उद्घाटन गरिने विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुले २ वर्ष सम्म सिकेको सैद्धान्तिक शिक्षालाई बृहत विज्ञान प्रर्दशनीको मार्फत व्यावहरीक रुपमै प्रर्दशनमा ल्याउने उद्ेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताए ।
साथै ३ दिने बृहत विज्ञान प्रर्दशनीलाई २० हजार भन्दा वढि विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान रहेको बुढाथोकीले बताए ।
साथै उनले १ नम्वर प्रदेशका विज्ञान संकाय संचालन गर्ने सवै विद्यालयहरुको सहभागिता रहने भएकाले अनिवार्य उपस्थितिका लागी सवैमा अनुरोध समेत गरेका छन् ।
विद्यालयले आफ्नो ४० औ वार्षीक उत्सव तथा अभिभावक दिवशको अवसर पारेर ३ दिने बृहत विज्ञान प्रर्दशनीको उद्घाटन गर्ने भएको हो ।
२०३६ सालमा स्थापना भएको विद्यालय प्रदेश नम्वर १ कै विज्ञान संकायमा नमुना विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल विद्यालयका रुपमा चिनिएको छ ।
हाल विद्यालयमा विज्ञान संकाय र प्राविधिक तर्फ गरेर ५०० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् भने तिनै विद्यार्थीहरुले तयार पारेका विभिन्न आधुनिक वस्तुहरुको स्टल राखेर प्रर्दशनी गरीने भएको छ ।
३ दिने बृहत विज्ञान प्रर्दशनीमा ४६ वटा स्टलहरु रहेने विद्यालयले जनाएको छ जसमा अटो स्ट्रिभ लाईट, स्र्माट डस्टविन, अव्सट्यागल अभोडिङ रोवट, रेन अर्लट स्सिटम, स्र्माट फोन कन्टाेल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, पञ्चायत माविको मोडल, हाईर्डोफोनिक्स, वोटानिकल गार्डेन, ग्रिन हाउस लगाएत वडा नम्वर १ को मोडल को प्रर्दशनी गरिने भएको विद्यायलयका विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।
साथै ३ दिने आयोजित विज्ञान प्रर्दशनीमा विद्यालयका लागि ३६ वटा प्रर्दशनी स्टल र बाह्य सहभागि सस्थाका लागि १० वटा स्टल रहने जनाईएको छ । भने आयोजित कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढिरहेको विद्यालयले जनाएको छ ।
साथै ३ दिने कार्यक्रमा विद्यालयको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निशुल्क स्वास्थ्य परिक्षण, शिक्षक सम्मान तथा विदाई, पुर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल व्याग, पोशाक र स्टेसनरी वितरण, विविध सास्कृतिक कार्यक्रम लगाएत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...