News Portal

कोरोना भाइरसको सङ्क्रमणले इरानमा ३४ व्यक्तिको मृत्यु (अपडेट)

हिमाली संचार संवाददाता
३७७ पटक

इरान -इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ । इरानको सरकारी तथ्याङ्कलाई आधार मान्दा सङ्क्रमितको सङ्ख्या भने ३८८ पुगेको छ । इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताएका छन् ।

इरानमा पहिलो व्यक्तिमा सङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो । सङ्क्रमण पुष्टि भएको दिनदेखि अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमण विगत २४ घण्टामा भएको हो ।

उनले भने, ‘पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका व्यक्तिमध्ये ६४ जना राजधानी तेहरानका हुन् भने सङ्क्रमण देशको २४ प्रान्तमा फैलिएको छ ।’  त्यस्तै इरानका सात उपराष्ट्रपतिमध्ये एक मासोमेह इब्तेकर, उप–स्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि सङ्क्रमण पुष्टि भएको छ । –एएफपी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...