News Portal

नेपालमा विवादित एमसीसी श्रीलंकाद्वारा अस्वीकृत

हिमाली संचार संवाददाता
२८४ पटक

कोलम्बो : नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए।

बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो। लगत्तै शुक्रबार सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको श्रीलंकाली सञ्चारमाध्यम द सन्डे मर्निङले उल्लेख गरेको छ।

प्रवक्ता गुनावर्दनेका अनुसार यसअघि सरकारले सम्झौताका केही बुँदा संशोधन गर्नेबारे अमेरिकासँग कुरा गर्ने तयारी गरेको थियो।

श्रीलंकाले गत डिसेम्बरमा तत्कालका लागि एमसीसी स्थगित गरेको थियो। डिसेम्बर २१ मा राष्ट्रपति गोटाभाया राजपाक्षले ट्वीट गर्दै विस्तृत अध्ययन नगरेसम्मका लागि एमसीसी स्थगित गरिएको जानकारी गराएका थिए।

एमसीसीले सन् २०१६ डिसेम्बरमा आफ्नो योजना लागू गर्नका लागि श्रीलंकालाई छनोट गरेको थियो भने २०१८ अगस्टमा सम्झौताका लागि अमेरिकी कंग्रेसलाई जानकारी गराएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...