News Portal

एक हजार पाँच सय शिक्षकको माग, अनुमति पत्र नचाहिने

हिमाली संचार संवाददाता
३४३ पटक

 

काठमाण्डौ। नेपाल सरकार शिक्षा मन्त्रायल अन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शैशिक शत्र २०७७ बैशाखदेखि चैत्र सम्म स्वयंसेवक शिक्षकका लागि आवेदन दिन आह्वान गकेको छ। 

स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका उमेर १८ बर्ष देखि ४० बर्ष ननाधेका अंग्रेजी, गणित र विज्ञान विषयमा दक्षता हासिल गरेका नेपाली नागरिकले शिक्षक हुन शिक्षक अनुमति-पत्र नचाहिने नेपाल सरकार तथा शिक्षा विभागको वेबसाईटबाट आबेदन http://doe.gov.np दिन सकिने उल्लेख गरेको छ।

आगामी शैशिक सत्र देखि सरकारी विधालयहरुमा स्वयंसेवकको रुपमा शिक्षक पठाउने तयारीका साथ केन्द्रले आज देखि आवेदन खुल्ला गरेको केन्द्रका प्रवक्ता तुल्सी प्रसाद खतिवडाले एकहजार पाँचसय स्वयंसेवक शिक्षक लिने तयारी रहेको बताएका हुन्। 

मुलुकभरका सात सय त्रिपन्न स्थानीय तह मध्ये, छ सय अर्सठी तहमा शिक्षकको अभाव रहेको उल्लेख गर्दै नेपाल सरकारको “ चिनौ आफ्नो माटो, बनाउ आफ्नै देश” नारा सहितको कार्यक्रम अन्तर्गत विश्वविधालयबाट दक्षता हासिल गरेका युवालाई समाज र देश विकास बुझ्ने अवसर दिन गत माध २९ गत्ते मन्त्रीस्तरीयबाट कार्यविधि तयार गरी सुगम क्षेत्रका विधालय स्नातक उत्तीर्ण गरेको शिक्षकलाई मसिक तलव २४ हजार र दुर्गम क्षेत्रका लागि मासिक तलव ३० हजार निर्धारण गरेको छ भने स्नातकोत्तर तह २६ हजार र ३२ हजार रहेको छ। 

चैत्रभित्र केन्द्रबाट स्तानीय तहका लागि छनौट भएका शिक्षकका  विवरण स्थानीय तहका विधालय पुग्ने छ। विधालयबाट नियुक्ति लिएको सात दिन भित्र विधालयमा हाजिर नभए नियुक्ति स्वत बदर हुने साथै यस्ता शिक्षकले जागिर छाड्न परेमा कम्तिमा दुइ महिना अगाडी जानकारी दिनु पर्ने अर्कों विधालयमा सरुवा हुन पाउने छैन।

स्वयंसेवक शिक्षकले एक हप्तामा २४ पिरियड पढाउनु पर्ने हुन्छ भने महिनामा एक दिन परिआउने/पर्व विदा लिन पाउने साथै विना सुचना १५ दिन अनुपस्थिति रहेमा शिक्षकबाट हटाउन सक्ने प्रावधान रहेको छ। 

स्वयंसेवक शिक्षकका संख्या अनुसार सम्बन्धित विधालयमा चैत १५ भित्र शिक्षकको संख्या निर्धारण हुने, जेष्ठ मसान्त भित्रमा स्थानीय तहको खातामा एकमुष्ट रकम जम्मा हुने केन्द्रका प्रवक्ता खतिवडाले जानकारी दिएका छन्। 

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...