News Portal

एक हजार पाँच सय शिक्षकको माग, अनुमति पत्र नचाहिने

हिमाली संचार संवाददाता
३८४ पटक

 

काठमाण्डौ। नेपाल सरकार शिक्षा मन्त्रायल अन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शैशिक शत्र २०७७ बैशाखदेखि चैत्र सम्म स्वयंसेवक शिक्षकका लागि आवेदन दिन आह्वान गकेको छ। 

स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका उमेर १८ बर्ष देखि ४० बर्ष ननाधेका अंग्रेजी, गणित र विज्ञान विषयमा दक्षता हासिल गरेका नेपाली नागरिकले शिक्षक हुन शिक्षक अनुमति-पत्र नचाहिने नेपाल सरकार तथा शिक्षा विभागको वेबसाईटबाट आबेदन http://doe.gov.np दिन सकिने उल्लेख गरेको छ।

आगामी शैशिक सत्र देखि सरकारी विधालयहरुमा स्वयंसेवकको रुपमा शिक्षक पठाउने तयारीका साथ केन्द्रले आज देखि आवेदन खुल्ला गरेको केन्द्रका प्रवक्ता तुल्सी प्रसाद खतिवडाले एकहजार पाँचसय स्वयंसेवक शिक्षक लिने तयारी रहेको बताएका हुन्। 

मुलुकभरका सात सय त्रिपन्न स्थानीय तह मध्ये, छ सय अर्सठी तहमा शिक्षकको अभाव रहेको उल्लेख गर्दै नेपाल सरकारको “ चिनौ आफ्नो माटो, बनाउ आफ्नै देश” नारा सहितको कार्यक्रम अन्तर्गत विश्वविधालयबाट दक्षता हासिल गरेका युवालाई समाज र देश विकास बुझ्ने अवसर दिन गत माध २९ गत्ते मन्त्रीस्तरीयबाट कार्यविधि तयार गरी सुगम क्षेत्रका विधालय स्नातक उत्तीर्ण गरेको शिक्षकलाई मसिक तलव २४ हजार र दुर्गम क्षेत्रका लागि मासिक तलव ३० हजार निर्धारण गरेको छ भने स्नातकोत्तर तह २६ हजार र ३२ हजार रहेको छ। 

चैत्रभित्र केन्द्रबाट स्तानीय तहका लागि छनौट भएका शिक्षकका  विवरण स्थानीय तहका विधालय पुग्ने छ। विधालयबाट नियुक्ति लिएको सात दिन भित्र विधालयमा हाजिर नभए नियुक्ति स्वत बदर हुने साथै यस्ता शिक्षकले जागिर छाड्न परेमा कम्तिमा दुइ महिना अगाडी जानकारी दिनु पर्ने अर्कों विधालयमा सरुवा हुन पाउने छैन।

स्वयंसेवक शिक्षकले एक हप्तामा २४ पिरियड पढाउनु पर्ने हुन्छ भने महिनामा एक दिन परिआउने/पर्व विदा लिन पाउने साथै विना सुचना १५ दिन अनुपस्थिति रहेमा शिक्षकबाट हटाउन सक्ने प्रावधान रहेको छ। 

स्वयंसेवक शिक्षकका संख्या अनुसार सम्बन्धित विधालयमा चैत १५ भित्र शिक्षकको संख्या निर्धारण हुने, जेष्ठ मसान्त भित्रमा स्थानीय तहको खातामा एकमुष्ट रकम जम्मा हुने केन्द्रका प्रवक्ता खतिवडाले जानकारी दिएका छन्। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...