News Portal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा थर्मल स्क्यानर बिग्रिएको एक महिना भयाे अझै बनेन

यात्रुलाई लामो नै बस्नुपर्ने बाध्यता

हिमाली संचार संवाददाता
३७१ पटक

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन । विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ ।

चीनबाट फैलिएको ‘कोरोना भाइरस रोग २०१९’ (कोभिड–१९) विश्वव्यापी बन्दै गएपछि विमानस्थलस्थित हेल्थ डेस्कमा करिब सवा महिनाअघि दुइटा थर्मल स्क्यानर जडान गरिएको थियो । थर्मल स्क्यानरमार्फत् परीक्षण गर्दा एक सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा अप्ठ्यारो देखिए कोभिड–१९ को आशंकामा बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण तथा उपचारका लागि पठाउने गरिन्छ ।

विमानस्थलमा एउटा मात्र स्क्यानर चलेकाले यात्रुलाई लाइन लगाएर जाँच गर्नुपर्ने बाध्यता छ । ‘दुइटा स्क्यानर चलेको भए लाइन लगाइराख्नुपर्ने थिएन,’ हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरका एक अधिकारीले भने । चलेको थर्मल स्क्यानरले समेत सही तापक्रम नदेखाउने समस्या रहेको छ । विमानस्थलमा कोभिड–१९ देखिएका चीनलगायतका मुलुकबाट आउने यात्रुको ज्वरो ‘इन्फ्रारेड थर्मामिटर’ बाट समेत नाप्न थालिएको छ । अन्य देशका हकमा भने थर्मल स्क्यानरबाट मात्र ज्वरो भए, नभएको हेरिन्छ ।

हेल्थ डेस्कमा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी तरिकाले ‘स्क्रिनिङ’ हुन सकेको छैन । हाल डेस्कमा १३ जना कार्यरत छन् । ज्वरो भए पनि सिटामोल जस्ता औषधि खाएर यात्रा गर्ने र शरीरमा यो भाइरस बोके पनि लक्षण नदेखिएकालाई चिन्न नसकिएको हेल्थ डेस्कका एक कर्मचारीले बताए । ती कर्मचारीले सबै यात्रुको प्रक्रिया पुर्‍याएर स्क्रिनिङ हालको जनशक्तिले नसक्ने बताए । ‘दिनमा करिब १५ हजार मानिस विमानस्थलमा आउजाउ गर्छन्, नेपाल भित्रिने मात्र करिब ७–८ हजार हुन्छन्,’ ती कर्मचारीले भने, ‘यति थोरै कर्मचारीले कसरी भ्याउनु ।’

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...