News Portal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा थर्मल स्क्यानर बिग्रिएको एक महिना भयाे अझै बनेन

यात्रुलाई लामो नै बस्नुपर्ने बाध्यता

हिमाली संचार संवाददाता
३५२ पटक

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन । विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ ।

चीनबाट फैलिएको ‘कोरोना भाइरस रोग २०१९’ (कोभिड–१९) विश्वव्यापी बन्दै गएपछि विमानस्थलस्थित हेल्थ डेस्कमा करिब सवा महिनाअघि दुइटा थर्मल स्क्यानर जडान गरिएको थियो । थर्मल स्क्यानरमार्फत् परीक्षण गर्दा एक सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा अप्ठ्यारो देखिए कोभिड–१९ को आशंकामा बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण तथा उपचारका लागि पठाउने गरिन्छ ।

विमानस्थलमा एउटा मात्र स्क्यानर चलेकाले यात्रुलाई लाइन लगाएर जाँच गर्नुपर्ने बाध्यता छ । ‘दुइटा स्क्यानर चलेको भए लाइन लगाइराख्नुपर्ने थिएन,’ हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरका एक अधिकारीले भने । चलेको थर्मल स्क्यानरले समेत सही तापक्रम नदेखाउने समस्या रहेको छ । विमानस्थलमा कोभिड–१९ देखिएका चीनलगायतका मुलुकबाट आउने यात्रुको ज्वरो ‘इन्फ्रारेड थर्मामिटर’ बाट समेत नाप्न थालिएको छ । अन्य देशका हकमा भने थर्मल स्क्यानरबाट मात्र ज्वरो भए, नभएको हेरिन्छ ।

हेल्थ डेस्कमा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी तरिकाले ‘स्क्रिनिङ’ हुन सकेको छैन । हाल डेस्कमा १३ जना कार्यरत छन् । ज्वरो भए पनि सिटामोल जस्ता औषधि खाएर यात्रा गर्ने र शरीरमा यो भाइरस बोके पनि लक्षण नदेखिएकालाई चिन्न नसकिएको हेल्थ डेस्कका एक कर्मचारीले बताए । ती कर्मचारीले सबै यात्रुको प्रक्रिया पुर्‍याएर स्क्रिनिङ हालको जनशक्तिले नसक्ने बताए । ‘दिनमा करिब १५ हजार मानिस विमानस्थलमा आउजाउ गर्छन्, नेपाल भित्रिने मात्र करिब ७–८ हजार हुन्छन्,’ ती कर्मचारीले भने, ‘यति थोरै कर्मचारीले कसरी भ्याउनु ।’

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...